आईसीसीले भ्रष्टाचारको आरोपमा दोषी ठहर भएका क्रिकेटरलाई १४ वर्षको प्रतिबन्ध लगायो

डिसी नेपाल
२६ असोज २०७९ १०:३२

काठमाडौं । क्रिकेटर मेहर छायाकरलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले १४ वर्षको प्रतिबन्ध लगाएको छ । उनलाई आईसीसी भ्रष्टाचार विरोधी न्यायाधिकरणले आईसीसी र क्यानडा क्रिकेटका सात नियम उल्लङ्घन गरेकोमा दोषी ठहर गरेको हो । त्यसपछि उनलाई १४ वर्षका लागि सबै ढाँचामा क्रिकेट खेल्न प्रतिबन्ध लगाइएको छ ।

युनाइटेड अरब इमिरेट्सका खेलाडी छायाकारले अप्रिल २०१९ मा जिम्बाब्वे विरुद्ध युएई सिरिज र २०१९ मा क्यानडामा भएको जीटी२० म्याचमा नियम उल्लङ्घन गरेका थिए।

“हामीले पहिलो पटक २०१८ मा अजमानमा एक क्रिकेट प्रतियोगिता आयोजना गर्दा मेहरको संलग्नता पाएका थियौं। क्रिकेटमा भ्रष्टाचार फैलाउनमा संलग्न भएको कारण उनलाई लामो समयदेखि प्रतिबन्ध लगाइएको छ,” आईसीसीको इन्टिग्रिटी युनिटका महाप्रबन्धक एलेक्स मार्शलले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *