नेपालमा २१ कोरोना संक्रमित थपिँदा, २१ संक्रमण मुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७८६ जनाको परीक्षणमा २१ जनामा संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा २१ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । आज थपिएकासँगै देशभर ६२२ जना कोरोनाका सक्रिय संक्रमित छन् ।
यस्तै आज नेपालमा एकै दिन ७३ हजार ८८० जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।
प्रतिक्रिया
Facebook Comment