पूर्व विश्व नम्बर एक महिला टेनिस खेलाडी सिमोना हालेप डोपिङ टेस्टमा फेल
काठमाडौं । पूर्व विश्व नम्बर एक सिमोना हालेपलाई डोपिङको आरोपमा इन्टरनेशनल टेनिस इन्टिग्रिटी एजेन्सी (आईटीआईए) ले अस्थायी रूपमा निलम्बन गरेको छ ।
परीक्षणमा प्रतिबन्धित पदार्थ ‘रोक्साडस्ट्याट’ भेटिएपछि यो कारबाही गरिएको एजेन्सीले जनाएको छ ।
सिमोना हालेपको युएस ओपनका क्रममा परीक्षण गरिएको थियो । उनको ‘ए’ र ‘बी’ दुवै नमूनामा यो प्रतिबन्धित पदार्थ पुष्टि भएको छ ।
सिमोना हालेपले ट्वीटरमा लेखेकी छिन्, यो जीवनको सबैभन्दा ठूलो झटका हो ।
उनले ट्वीटरमा लेखेकी छन्, “मेरो करियरमा धोखाधडीको विचार मेरो दिमागमा कहिल्यै आएन किनभने यो मलाई सिकाइएको सबै मूल्यमान्यताहरू विरुद्ध जान्छ। यस्तो कठिन परिस्थितिको सामना गर्दा, म पूर्ण रूपमा निराश र धोकामा छु। ।”
प्रतिबन्धित पदार्थ जानीजानी सेवन नगरेको प्रमाणित नगरेसम्म अन्तिम साससम्म लड्ने उनले लेखिन् । सिमोना हालेपले एक दिन सत्य सामुन्ने आउने विश्वास रहेको बताइन् ।
Facebook Comment