लुम्विनी वाङमय प्रतिष्ठान अर्घाखाँचीको तेस्रो अधिवेशनबाट नयाँ कार्यसमिति चयन

अर्घाखाँची । लुम्बिनी वाङमय प्रतिष्ठान अर्घाखाँचीको अध्यक्षमा बिष्णु बस्याल निर्वाचित भएका छन् । आज सन्धिखर्कमा सम्पन्न तेस्रो अधिवेशनले अध्यक्ष बस्यालको नेतृत्वमा ११ सदस्यीय जिल्ला कार्यसमितिको सर्वसहमत गठन गरेको हो ।
जसको उपाध्यक्षमा कमल प्रसाद पोख्रेल,सचिव तिर्थराज आचार्य,सह–सचिव मन्जु घिमिरे र कोषाध्यक्षमा सिता श्रेष्ठ चयन भएका छन् ।
यस्तै समितिको सदस्यमा गोपाल प्रसाद भट्टराई, सिता बन्जाडे, राम बसु, कृष्ण प्रसाद भुसाल, नारायण खनाल र महेश्वर पन्थी छनौंट भएका छन् ।
नवनिर्वाचित कार्यसमितिको आजै बसेको प्रथम बैठकले माधवराज चुंदाली संयोजक रहेको ११ सदस्यीय सल्लाहकार समितिको चयन गरेको अध्यक्ष बिष्णु बस्यालले जानकारी दिए ।
महाकवि देवकोटाको जन्मजयन्तीको अवसर पारेर गरिएको अधिवेशनको प्रतिष्ठानका केन्द्रिय अध्यक्ष रिषि आजादले समुद्घाटन गरेका हुन् ।
Facebook Comment