क्रिकेटः विश्वकपमा दुई खेल

डिसी नेपाल
७ कार्तिक २०७९ ७:४२

काठमाडौं। आईसिसी पुरुष टी २० विश्वकप क्रिकेटमा सोमबार दुई खेल हुँदैछन्।

पहिलो खेलमा बंगलादेश र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल विहान पौने १० बजे सुरु हुनेछ।

दोस्रो खेलमा दक्षिण अफ्रिका र जिम्बाप्पेबीच प्रतिस्पर्धा हुनेछ। खेल नेपाली समय अनुसार पौने दुई बजे हुनेछ। समूह दुई को सुपर १२ को खेलमा चार देशकै पहिलो खेल हो। यसै समूहबाट आइतबार पाकिस्तानलाई ४ विकेटले हराउँदै भारतले दुई अंक जोडेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *