हारपछि बाबर आजमले अन्तिम ओभर बलिङ गर्ने नवाजलाई भने– तिमी म्याच विनर हौ
काठमाडौं । टी–२० क्रिकेट विश्वकपको पहिलो महत्वपूर्ण खेलमा भारतसँग पराजित भएपछि पाकिस्तानी टोलीका कप्तान बाबर आजमको ड्रेसिङ रुमको भिडियो भाइरल भइरहेको छ ।
बाबर आजमले यस भिडियोमा सम्पूर्ण टोलीको साहस दिइरहेका छन् र विशेष गरी मोहम्मद नवाजको तारिफ गरिरहेका छन्। उक्त खेलमा मोहम्मद नवाजले अन्तिम ओभर बलिङ गरेका थिए र उनको नो बलमा बनेको तीन रनलाई पनि भारतको जितको सबैभन्दा ठूलो कारण मानिएको छ ।
बाबर आजमको यो भिडियोलाई पनि मानिसहरूले मन पराइरहेका छन् किनभने उनी आफ्ना खेलाडीहरूसँग पञ्जाबीमा कुरा गरिरहेका छन् । पाकिस्तान क्रिकेट बोर्डले आफ्नो सोसल मिडिया ह्यान्डलबाट यो भिडियो सेयर गरेको हो ।
“We win as one and lose as one!”
Listen what Matthew Hayden, Babar Azam and Saqlain Mushtaq told their players following a heartbreaking loss in Melbourne.#T20WorldCup | #WeHaveWeWill pic.twitter.com/suxGf34YSe
— Pakistan Cricket (@TheRealPCB) October 23, 2022
बाबर आजम भन्छन्, “हामीले धेरै राम्रो गर्यौं। प्रयास गर्यौं। केही गल्तीहरूबाट सिक्न बाँकी थियो। प्रतियोगिता भर्खरै सुरु भएको छ। अझै ठूला खेलहरू बाँकी छन्। हामी कसैको कारणले हारेका छैनौं। सबै हारेका छन्।”
बाबर आजमले यो पनि भने कि हामीले एक टोलीको रूपमा हारेका छौं र यसको लागि कुनै खेलाडी जिम्मेवार छैन। आफ्नो सन्देशको अन्त्यमा बाबर आजमले मोहम्मद नवाजको विशेष प्रशंसा गरेका छन् ।
उनले भने, “नवाज, तिमी म्याच विनर हौ। मैले तिमीमाथि सधैं विश्वास गरेको छु र सधैं गरिरहनेछु। तिमीले खेल जित्यौ र जितिरहनेछौ। यो राम्रो प्रयास थियो। दबाब थियो तर तिमीले खेललाई यति नजिक ल्याइदियौ। जे पनि कुरा छन् यहीँ छाडेर जानू । अगाडि बढ्नु र नयाँ सुरु गर्नु। हामीले एक टोलीको रूपमा धेरै राम्रो खेलेका छौं। हामीले अगाडि बढ्दै यस्तै कुरा गर्नु पर्छ। सबैलाई शुभकामना।”
मेलबर्नमा आइतबार भएको महत्वपूर्ण खेलमा रोहित शर्माको कप्तानीमा रहेको भारतीय क्रिकेट टोलीले पाकिस्तानलाई ४ विकेटले पराजित गरेको हो ।
Facebook Comment