टि-२० विश्वकप: न्यूजिल्याण्डले श्रीलंकालाई दियो १६८ रनको लक्ष्य

डिसी नेपाल
१२ कार्तिक २०७९ १५:५३

काठमाडौं । ट्वान्टी–२० विश्वकपको समूह–१ अन्तर्गतको खेलमा न्युजिल्यान्डले श्रीलंकालाई १ सय ६८ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर १६७ रन बनाएको थियो ।

न्यूजिल्याण्डका लागि शतक खेल्दै ग्लेन फिलिप्सले १०४ रन बनाए ।

उनी बाहेक डेरिल मिचेलले २२ र मिचेल स्यान्टनरले ११ रन बनाए भने यी बाहेक कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

समूह–१ मा न्युजिल्यान्ड शीर्ष स्थानमा छ भने श्रीलंका पुछारमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *