चम्किलो छाला पाउन यी फेस प्याक प्रयोग गर्नुहोस्, मिनेटमै बढ्छ सौन्दर्य

डिसी नेपाल
१३ कार्तिक २०७९ १३:१६

काठमाडौं । अनुहारको चमक बढाउन महिलाहरूले धेरै घरेलु उपचार र उत्पादनहरूको सहारा लिने गर्छन्। तर पनि उनीहरूले चाहेको चमक पाउन सक्दैनन्। कहिले काहीँ अचानक पार्टी वा कतै बाहिर जानु पर्छ र पार्लर जानको लागि समय नहुन पनि सक्छ । यस्तो अवस्थामा तपाईले आफ्नो घरको भान्सामा रहेको केही घरेलु सामानबाट पनि फेस प्याक तयार गरी अनुहारको चमक फिर्ता ल्याउन सक्नुहुन्छ । तपाईं केहि घरेलु फेस प्याकहरू प्रयोग गर्न सक्नुहुन्छ। जसको प्रयोगले छालामा नयाँ चमक ल्याउन र कडा बनाउन मद्दत गर्दछ।

अनुहारको तुरुन्तै चमक बढाउने फेस प्याकहरु:

मेवाको फेस प्याक– मेवा खानमा जति स्वादिष्ट हुन्छ, त्यति नै हाम्रो स्वास्थ्यका लागि पनि फाइदाजनक मानिन्छ । यसका साथै यो छालाको लागि पनि निकै प्रभावकारी हुन्छ । मेवा पेट तथा मुटु दुबैको लागि निकै लाभदायी हुन्छ। छालाका लागि मेवा छालाका लागि निकै लाभदायी मानिन्छ। यसले छालाको जलन र संक्रमणबाट मुक्ति दिन्छ। फर्मेन्टेशन गरिएको मेवाको बोक्राले मरेका छालालाई पुनर्जीवन प्रदान गर्दै ताजा र चम्किलो राख्छ।

मेवाको फेस प्याक यसरी बनाउँनुहोस् । सबैभन्दा पहिले एक चम्चा काँचो दूध र मेस गरिएको मेवाको टुक्रा मिसाएर राम्रोसँग पेस्ट बनाउनुहोस् र यो फेसप्याक आफ्नो अनुहारमा राम्रोसँग लगाउनुहोस्। सुकेपछि ताजा पानीले धुनुहोस्।

मुलतानी मिट्टी फेस प्याक– छालाको चमक कायम राख्न वर्षौंदेखि मुलतानी मिट्टीको प्रयोग हुँदै आएको छ । यो फेस प्याक बनाउन निकै सजिलो छ । पहिले मुलतानी मिट्टीको पाउडर तयार गर्नुहोस् वा यसको टुक्रालाई रातभर भिजाउनुहोस्। यसपछि यो पेस्टलाई बिहान अनुहारमा लगाउने । तपाईंको छाला सुक्दा तन्किएको महसुस हुन सक्छ। जब तपाईंलाई यो पूर्ण रूपमा सुकेको महसुस हुन्छ, यसलाई ताजा पानीले धुनुहोस्।

बेसन–दही फेस प्याक– बेसन उत्कृष्ट सौन्दर्य सामग्री हो । यसले अनुहारका अतिरिक्त तेललाई रोक्ने गर्दछ । बेसनको फेसप्याक बनाउनको लागि पहिले दुई चम्चा बेसारमा एक चम्चा दही मिसाएर राम्ररी मिलाउनुहोस् र अनुहारमा मालिस गर्दै यो पेस्ट लगाउनुहोस्। यस पेस्टलाई २० देखि २५ मिनेटसम्म छोड्नुहोस्। त्यसपछि मनतातो पानीले अनुहार धुनुहोस्।

मसूर दाल फेस प्याक–यो फेस प्याकले छालामा चमक र टाइटनेस ल्याउने काम गर्छ । यसका लागि दुई चम्चा दाललाई रातभर पानीमा भिजाएर छोड्नुहोस्। यसपछि बिहान मिक्सरको मद्दतले बाक्लो पेस्ट तयार गर्नुहोस्। यो पेस्टलाई एउटा कचौरामा राख्नुहोस् र यसमा दुई चिम्टी बेसार, तीन चम्चा दही र एक चम्चा मह मिसाएर पेस्ट बनाउनुहोस् । यो फेसप्याकलाई छालामा लगाउनुहोस् र २० मिनेटसम्म छोड्नुहोस्। त्यसपछि सादा पानीले अनुहार धुनुहोस्।

मह अनुहार मास्क– हाम्रो इम्युनिटी लेभल बढाउनुको साथसाथै महले अनुहारमा तत्काल चमक ल्याउन पनि मद्दत गर्छ। छालाको चमक बढाउनको लागि एउटा भाँडामा एक चम्चा मह र केही थोपा कागतीको रस मिसाएर अनुहारमा लगाउनुहोस् र १० मिनेटसम्म छोड्नुहोस्। छालाको मृत कोशिका हटाउनका साथै दाग धब्बा, टेनिङको समस्या हटाउन फेस प्याक उत्कृष्ट मानिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *