गौरीघाटमा भक्तजनले छठीमाताको पूजा गर्दै अस्ताउँदो सूर्यलाई अर्घ्य दिए (फोटो फिचर)

अनिल पोख्रेल
१३ कार्तिक २०७९ १९:०२

काठमाडौं । यस वर्ष भक्तजनले राजधानीको गौरीघाटमा पुगेर छठीमाताको दर्शन गर्र्दै अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् । आज बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएका बर्तालु सोमबार बिहान सूर्य नउदाएसम्म छठ पूजास्थलमै जाग्राम बस्छन् । बिहान उदाउँदा सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएपछि चार दिन लामो छठ पर्व सकिन्छ ।

प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वका अवसरमा गुह्येश्वरी–गौरीघाटलगायत राजधानीका अन्य स्थानमा पनि सजाउने गरिन्छ । यहाँको साजसज्जा हेर्न पनि भक्तजनको भीड लागेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *