उनी उदास भएपछि गीत गाएर सहज महसुस बनाउने प्रयास गरेको थिएः सन्दीप लामिछाने
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अदालतमा मुद्दा दर्ता भएसँगै आजदेखि थुनछेकको बहस सुरू भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा सन्दिपको बयान पेश गरेको छ ।
बयानका क्रममा सन्दीपले आफु होटलको कोठा भित्र उजुरी दिने केटीसँग गफ गर्दागर्दै कुर्सीमै निदाएको बयान दिएका छन् ।
उनले भनेका छन्, ‘ मैले मेरो मोबाइलमा बिहानको ०६ः०० बजेको अलाम लगाई कुराकानी गर्दागर्दै म कुर्सीमा निदाएँ । बिहान ०६ः०० बजे अलाम बजेपछि म निद्राबाट बिउँझिएर हेर्दा निज सुतेकी थिइन्, मैले निजलाई उठाएँ ।’
साथै, सन्दीपले घरायसी कुरामा नीज उदास भएपछि आफुले गीतको माध्यमबाट सहज महसुस गराउने प्रयाससमेत गरेको बताएका छन् ।
‘केन्या गएको दिनसम्म हाम्रो स्न्याप च्याटमा कुराकानी भएको थियो । मैले निजलाई म अब आफ्नो काममा busy हुन्छु, game मा focus गर्नुपर्छ भनेको थिएँ। त्यसपछि निजसँग मेरो कुराकानी भएको थिएन । मिति २०७९/०५/२२ गते मैले सोसियल मिडियामार्फत एक्कासि निज पीडित भनिएकी निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) को दाइ परिवर्तित नाम गौशाला २६ (छ) (०७९/०८०) ले मउपर जबरजस्ती करणी मुद्दामा जाहेरी दरखास्त दिएको कुरा मैले थाहा पाएको हुँ । निजले आफ्नो १९ वर्ष पुगिसकेको र आफ्नो birth certificate समेत भएको बताएको हुनाले मैले साथीको नाताले निजसँग सतर्कता अपनाउनुको साथै निज उदास भएको देखी मैले गीतको माध्यमबाट सहज महसुस गराउने प्रयाससमेत गरेको थिएँ । होटलको कोठामा बस्दा आ–आफ्नो स्थानमा छुट्टाछुट्टै बसी घरायसी व्यक्तिगत तथा पेशागत कुराकानीमात्र गरी बसेका हौं, उनले भनेका छन् ।’
Facebook Comment