धनाढ्य मालिक्नी आफ्ना ड्राइभरको गियर बदल्ने शैली देखेर मोहित भएपछि…

डिसी नेपाल
१६ कार्तिक २०७९ १२:५३

काठमाडौं । जब प्रेम कसैसँग हुन्छ, तब मान्छेलाई जात धर्मको वास्ता हुँदैन, धनी–गरीबले फरक पर्दैन । मायामा मान्छे यसरी हराउछ कि माया गर्नेलाई मात्रै पाउन चाहन्छ । यसको उदाहरण प्रस्तुत गर्दै पाकिस्तानमा धनी परिवारकी एक महिलाले आफ्नो ड्राइभरसँग विवाह गरेको एउटा घटना सार्वजनिक भएको छ । बिहेअघि चालकको एउटै शैलीबाट युवती यति प्रभावित भइन् कि उनले बाँकी जीवन सँगै बिताउने मन बनाइन् ।

डेली पाकिस्तानलाई अन्तर्वार्ता दिँदै महिलाले भनिन् कि उनका श्रीमान्, जो पहिलो चालक थिए, उनलाई कार सिकाउन लैजान्थे । कार सिक्दै गर्दा महिलालाई चालकको गियर परिवर्तन गर्ने शैली निकै मन पर्यो । अर्थात्, चालकले गियर परिवर्तन गर्ने तरिका, मालिक्नीलाई त्यो हेर्न मन पर्यो। यो शैली देखेर उनी छक्क परिन् र चालकलाई आफ्नो मन दिएकी थिइन् ।

अन्तर्वार्ताका क्रममा महिलालाई सोधिएको थियो कि उनी आफ्नो पतिको लागि कुन गीत समर्पित गर्न चाहन्छिन् । ती महिलाले हिन्दी गीत ‘हम तुम एक कमरे में बन्द हों और चाबी गुम जाये’ भनेकी थिइन् । यससँगै गीतको सुरुवाती लाइन पनि गुनगुनाइएको थियो । त्यही बेला संवाददाताले ठट्टा गर्दै श्रीमानलाई गीतको लाइन ‘चाबी हराएको’ भनेपछि चालक–श्रीमान् हाँस्दै अहिले गाडी पनि हराइरहेको बताए ।

पाकिस्तानका यो नवविवाहित जोडी सँगै निकै खुसी देखिन्छन् । अन्तर्वार्ताका क्रममा पनि केटा र केटी दुवैले सबै प्रश्नको रमाइलो ढंगले जवाफ दिए । विशेष कुरा के छ भने विवाहपछि अब घरमा ज्वाइँजस्तै ड्राइभरको प्रवेश हुनेछ । कार सिकेर मात्रै आफ्नो माया पाएको महिलाले बताइन् । कार सिक्दै गर्दा उनलाई चालकको शैली मन पर्यो । उनको सबै बानी मन पर्यो। कारको गियर परिवर्तन गर्न हात चलाउने तरिका उनलाई विशेष मन पर्यो। श्रीमानले ड्राइभिङ सिकाउँदा गियर फेर्ने गर्दा सधैँ उनको हात समात्न मन लाग्ने गरेको महिलाले बताइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *