टि–२० विश्वकपमा नेदरल्याण्ड्सले जिम्बावेलाई हरायो

डिसी नेपाल
१६ कार्तिक २०७९ १४:३०

काठमाडौं । अस्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटको खेलमा नेदरल्याण्ड्सले जिम्बावेलाई ५ विकेटले पराजित गरेको छ । समूह–२ को यो खेल जिम्बावेका लागि निकै महत्वपूर्ण मानिएको थियो । तर यो खेलमा जिम्बाब्वेको प्रदर्शन निकै खराब रह्यो ।

जिम्बाब्वेले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । तर पुरै टोलीले ११७ रन मात्र बनाउन सक्यो । जिम्बाब्वेका लागि सिकन्दर राजाले ४० रन बनाए भने सेन विलियम्सले २८ रन बनाए ।

यी दुई बाहेक कुनै पनि खेलाडीको स्कोर दोहोरो अंकमा पुग्न सकेन । नेदरल्यान्ड्सले १८ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पुरा गरेको थियो ।

नेदरल्याण्डका चर्चित ओपनर म्याक्स ओडाउडले ५२ रन बनाए भने टम कुपरले ३२ रन बनाए । सुपर १२ मा नेदरल्याण्ड्सको यो पहिलो जित हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *