आइसीसी टि-२० बरियतामा रिजवानलाई उछिन्दै सूर्यकुमार यादव बने नम्बर १ खेलाडी
काठमाडौं । भारतका सूर्यकुमार यादव आइसीसीको पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा पहिलो स्थानमा उक्लिएका छन् ।
सूर्यकुमारले टी–२० विश्वकपमा नेदरल्याण्ड र दक्षिण अफ्रिकाविरुद्ध उत्कृष्ट अर्धशतक बनाएका छन् । उनी पाकिस्तानका मोहम्मद रिजवानलाई प्रतिस्थापन गर्दै शीर्ष स्थानमा पुगेका हुन् ।
सूर्यकुमार विराट कोहलीपछि टी-२० अन्तर्राष्ट्रिय वरियतामा शीर्ष स्थानमा पुग्ने दोस्रो भारतीय ब्याट्सम्यान हुन्। विराट कोहली सेप्टेम्बर २०१४ देखि डिसेम्बर २०१७ सम्म १०१३ दिनको लागि वरीयतामा पहिलो नम्बरमा थिए।
ब्याटिङ वरियतामा सूर्यकुमार र रिजवानपछि तेस्रो नम्बरमा न्यूजिल्याण्डका डेभोन कोनवे छन् भने बाबर आजम चौथो र एडेन मार्कराम पाँचौं नम्बरमा छन् ।
बलिङ वरियतामा अफगानिस्तानका राशिद खान शीर्ष स्थानमा छन् भने बंगलादेशका कप्तान शकिब अल हसन अलराउन्डरको शीर्ष स्थानमा छन् ।
Facebook Comment