टी–२० विश्वकपमा विराट कोहलीले यो ठूलो उपलब्धि हासिल गरे
काठमाडौं । भारतका पूर्व कप्तान र अहिले उत्कृष्ट लयमा रहेका विराट कोहलीले टी–२० विश्वकपमा महत्वपूर्ण उपलब्धि हासिल गरेका छन् ।
अष्ट्रेलियामा जारी टी–२० विश्वकपमा बंगलादेशविरुद्धको खेलमा कोहलीले यो उपलब्धि हासिल गरेका हुन् । विराट कोहली टी–२० विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् ।
उनले श्रीलंकाका पूर्व कप्तान महेला जयवर्धनेलाई पछाडि छोडेका छन् । महेला जयवर्धनेले टी–२० विश्वकपमा ३१ खेलमा १०१६ रन बनाएका छन् । अब उनलाई विराट कोहलीले पछि पारेका छन् र विराटले मात्र २५ खेलमा यो उपलब्धि हासिल गरेका छन् ।
भारतका कप्तान रोहित शर्मा पनि विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा छन् तर उनी चौथो स्थानमा छन् । विराट कोहली र महेला जयवर्धनेबाहेक क्रिस गेल, रोहित शर्मा र तिलकरत्ने दिलशान शीर्ष ५ मा छन् ।
Facebook Comment