पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्ध टस जितेर पहिले ब्याटिङ रोज्यो

डिसी नेपाल
१७ कार्तिक २०७९ १३:५४

काठमाडौं । टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलको दौडबाट झण्डै बाहिर रहेको पाकिस्तानले आज दक्षिण अफ्रिकाको सामना गर्दैछ । पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

यो खेल अस्ट्रेलियाको सिड्नीमा भइरहेको छ । अहिले पाकिस्तान सुपर १२ चरणको समूह २ को पुछारमा अर्थात् पाँचौं स्थानमा छ ।

तीन खेल खेलेको पाकिस्तानले अंक तालिकामा दुई अंक जोडेको छ । विगतका पराजयका कारण पाकिस्तानलाई आजको खेल कुनै पनि हालतमा जित्न आवश्यक छ ।

अहिले समूह २ मा भारत शीर्ष स्थानमा छ भने दक्षिण अफ्रिका पनि ५ अंकसहित दोस्रो स्थानमा छ । दक्षिण अफ्रिकाले आजको खेल जित्यो भने सेमिफाइनलमा पुग्ने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *