कविता: अवधि
उसले मृत्युसँग निक्कै घमण्ड गर्थ्यो,
आफ्नो जीवित अवधि बारे।
एक दिन जंगलमा रत्नकरलाई भेटेपछि
उसलाई वाल्मीकि बन्न मनै लागेन।
किनकि ऊ अनाथ थियो।
जब एक दिन आफू डढेलोमा फस्यो नि
तब उसको घमण्ड कमण्डलुमा पस्यो
र भन्यो
ए मृत्यु! मलाई एक चम्चा पानी पिउने अवधि त पाउँ,
त केवल वाल्मीकि बन्नु अघि।
प्रतिक्रिया
Facebook Comment