विश्वकपबाट लगभग बाहिरिएको पाकिस्तानलाई समूह प्रथम भएर सेमिफाइनल पुग्ने अवसर

डिसी नेपाल
२० कार्तिक २०७९ १०:२७

काठमाडौं। टि–२० विश्वकपको सुपर १२ मा पछिल्ला खेलहरुमा अप्रत्याशित नतिजा आएसँगै पाकिस्तानलाई आफ्नो समूहको पहिलो भएर सेमिफाइनल पुग्ने अवसर जुरेको छ । सुरुवाती २ खेल हारेपछि विश्वकपबाट लगभग बाहिरिएको मानिएको पाकिस्तानका लागि अन्तिम खेल खेल्ने बेला यस्तो अद्भूत अवसर जुरेको हो ।

अहिले पाकिस्तानले बंगलादेशसँग खेलिरहेको छ । यो खेल जितेमा पाकिस्तान विश्वकपको सेमिफाइनलमा पुग्नेछ । आजै नेपाली समयअनुसार बेलुका पौने ५ बजे भारत र जिम्बाब्वेको खेल हुँदैछ । त्यो खेल जिम्बाब्वेले जितेमा पाकिस्तान समूहको पहिलो टिम समेत बन्नेछ ।

आजको पहिलो खेलभन्दा अगाडि पाकिस्तान सेमिफाइनलमै पुग्न कठिन भएको अनुमान गरिएको थियो । तर, तुलनात्मक रुपमा कमजोर मानिएको एसोसिएट राष्ट्र नेदरल्याण्डले विश्वकपको उपाधिको दावेदार मानिएको बलियो टिम दक्षिण अफ्रिकालाई हराइदिएसँगै पाकिस्तानको सेमिफाइनल यात्रा सहज भएको हो ।

२ खेल बाँकी रहँदा भारतको ६, दक्षिण अफ्रिकाको ५, पाकिस्तानको ४, नेदरल्याण्डको ४ बंगलादेशको ४ र जिम्बाब्वेको ३ अंक छ । आजको दोस्रो खेल पाकिस्तान र बंगलादेशबीच हुँदैछ । यो खेल जित्ने टिम सेमिफाइनल पुग्नेछ । त्यसपछि भारत र जिम्बाब्वेबीच खेल हुनेछ । यो खेल जितेमा पनि जिम्बाब्वे सेमिफाइनल पुग्ने सम्भावना छैन । तर, पाकिस्तानले बंगलादेशलाई हराएको अवस्थामा यो खेल जिम्बाब्वेले जितेमा पाकिस्तान समूहको पहिलो भने हुन सक्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *