फिल्मको श्रापित स्क्रिप्ट ! जुन अभिनेताले पढे उसको मृत्यु भयो
काठमाडौं । भनिन्छ चलचित्र हाम्रो समाजको ऐना हो । एक अनुमान अनुसार विश्वभर करिब २ देखि २.५ हजार व्यावसायिक चलचित्र निर्माण हुने गरेको छ । जसमध्ये केही चलचित्र सामान्य छन् । त्यसैगरी, कतिपय चलचित्र निकै विशेष हुन्छन् ।
कुनै फिल्म संगीतका लागि, कुनै स्क्रिप्ट र कुनै फिल्म अभिनयका लागि सम्झिइन्छन् । तर आज हामी तपाईलाई एउटा यस्तो फिल्मको बारेमा बताउन गइरहेका छौँ जुन अझै पनि आफ्नो अनौठो रहस्यका कारण सम्झिइने गर्दछ ।
यो फिल्मको नाम ‘अटुक’ हो, जुन अनौठो रहस्यका कारण पूरा हुन सकेन । किनभने यो फिल्ममा नायकको भूमिका निर्वाह गर्ने उद्देश्यले स्क्रिप्ट पढ्ने कलाकारको मृत्यु भयो । सुन्दा अनौठो लागे पनि यो सत्य हो । सुरुमा मानिसहरूले यसलाई संयोग मात्रै ठान्थे। तर जब एक–दुई नभई ६ कलाकारको एकपछि अर्को मृत्यु भयो, तब सिंगो फिल्म उद्योगसहित सबैको होश उडायो ।
फिल्मको कथा क्यानाडाको लोकगीतबाट सुरु हुन्छ। त्यो लोकगीतको कथा अनुसार एउटी सुन्दर केटी अलास्काको पहाड घुम्न आउँछिन् । त्यसपछि त्यहाँका एक युवक त्यो केटीलाई देखेर प्रेममा पर्छन्। जब त्यो केटी त्यहाँबाट निस्कन थाल्छिन्, तब युवक त्यो केटीको कारमा लुकेर न्यूयोर्क शहर पुग्छ। बिस्तारै आफ्नो मिहिनेतको बलमा ऊ ठूलो मान्छे बन्छ । उनी शहरका चर्चित व्यक्तिहरूमा गनिन थाल्छन्। तर अन्ततः केटा त्यो केटीको प्रेममा यति पागल हुन्छ कि उसले सबै गुमाउँछ र मर्छ।
‘न्यूयोर्क पोस्ट’का अनुसार यस लोकगीतमा सन् १९६३ मा एउटा उपन्यास पनि लेखिएको थियो जसको नाम ‘द इन्कम्परेबल अटुक’ राखिएको थियो । यो मोर्डेकाई रिचलरद्वारा लेखिएको थियो। १९७७ मा क्यानाडाली फिल्म निर्देशक नर्मन जेविसनले तत्कालीन प्रख्यात पटकथा लेखक टोड क्यारोललाई यस उपन्यासमा फिल्मको लागि स्क्रिप्ट तयार गर्न भाडामा लिए। टोडले यो फिल्मको स्क्रिप्ट तयार गर्न पूरा २ वर्ष लगाए । फिल्मको स्क्रिप्ट सन् १९७९ मा फाइनल भएको थियो ।
कमेडियन अभिनेता जोन बेलुशी पहिलो पटक फिल्ममा नायकको लागि छनोट भएका थिए । उनलाई पढ्नको लागि स्क्रिप्ट दिइयो। उनले फिल्ममा नायकको भूमिका निभाउन राजी भए । यहीँबाट यो रहस्यमय स्क्रिप्टले पहिलो शिकार पायो। किनभने स्क्रिप्ट पढेको केही दिन पछि जोन बेलुशी ड्रग ओभरडोजका कारण होटलको कोठामा मृत फेला परेका थिए। उनको मृत्यु पछि फिल्म परियोजना अस्थायी रूपमा रोकिएको थियो।
सन् १९८७ मा अर्का कमेडियन अभिनेता साम किनिसनलाई यो फिल्ममा कास्ट गर्ने सोच बन्यो । उनलाई यो स्क्रिप्ट पढ्न दिइएको थियो । सामले फिल्ममा काम गर्न राजी भए । तर पछि उनले स्क्रिप्टमा केही परिवर्तन गर्न माग गरे । उनको मागलाई फिल्मका निर्देशकले मानेनन् । केही दिन पछि सामको एक गम्भीर कार दुर्घटना भयो। यसैमा उनको मृत्यु भयो । त्यतिबेला कारमा सामसँगै रहेका उनका साथीले आफू मर्नुअघि सामले एउटै कुरा ‘म मर्न चाहन्न’ भन्दै गरेको बताए । जस्तो कि उनी कुनै अदृश्य शक्तिसँग कुरा गरिरहेका थिए। त्यसपछि अन्तिम सास लिनुअघि उनले ‘ओके ओके ओके’ भने ।
यस मृत्युपछि मानिसहरूले यो फिल्म कुनै ‘दुर्भाग्य’ले भरिएको महसुस गर्न थाले। जसका कारण यो फिल्मसँग जोडिएका व्यक्तिसँग यस्ता घटना भइरहेका छन् । धेरैले यो कुरालाई मिथकको रूपमा अस्वीकार गरे। यसपछि यो फिल्ममा अटुकको भूमिकाका लागि जोन क्यान्डीलाई छनोट गरिएको थियो । सन् १९९३ मा यो फिल्मको स्क्रिप्ट उनलाई हस्तान्तरण गरिएको थियो । जोन नायकको भूमिकामा सहमत भए। केही दिनपछि जोन पनि होटलको कोठामा शङ्कास्पद अवस्थामा मृत फेला परेका थिए । उनको मृत्युको कारण कार्डियक अरेस्ट भएको बताइएको छ ।
यस फिल्मको स्क्रिप्ट जोन क्यान्डीलाई माइकल ओ’डोनोगु नामक व्यक्तिले दिएका थिए। यसअघि सोही व्यक्तिले बेलुशीलाई पनि यो स्क्रिप्ट दिएका थिए । यस क्रममा माइकल ओ’डोनोगीले पटक पटक स्क्रिप्ट पढे। भनिन्छ कि सायद यसै कारण उनी पनि स्क्रिप्टको श्रापमा परे र उनको पनि असामयिक मृत्यु भयो । अब मानिसहरू यो स्क्रिप्ट पढ्ने व्यक्तिको रहस्यमय मृत्यु हुन्छ भन्ने कुरामा धेरै हदसम्म सहमत भएका थिए।
त्यसपछि स्क्रिप्ट परिवर्तन गरियो र यसलाई अभिनेता क्रिस फार्ली र जोन हार्टम्यानलाई पढ्न दिइएको थियो। दुवै फिल्ममा काम गर्न राजी भए । तर पहिले फर्ली त्यसपछि हार्टम्यान, दुबैको शंकास्पद परिस्थितिमा मृत्यु भयो। यी मृत्यु पछि अब सबैले यो एक अभिशाप स्क्रिप्ट हो भनेर सहमत थिए। जसले यो पढ्छ उसको मृत्यु अवश्य हुन्छ।
‘न्यूयोर्क पोस्ट’का अनुसार यही कारणले यो फिल्म प्रोजेक्ट सदाका लागि बन्द भएको थियो । साथै यसको मूल स्क्रिप्ट गोप्य ठाउँमा लुकाइएको थियो ताकि अरू कोही यो अभिशाप स्क्रिप्टको शिकार नहोस्। यद्यपि, यो स्क्रिप्टको प्रतिलिपि अझै पनि इन्टरनेटमा अवस्थित छ। तर मूल स्क्रिप्ट कहाँ लुकाइएको थियो भन्ने बारे कसैलाई कुनै जानकारी छैन।
Facebook Comment