टी–२० विश्वकपः भारतले जिम्बावेलाई दियो एक सय ८७ रनको चुनौती

डिसी नेपाल
२० कार्तिक २०७९ १५:४१

काठमाडौं । टी–२० विश्वकप क्रिकेट अन्तरगतको खेलमा भारतले जिम्बावेसामु बलियो लक्ष्य प्रस्तुत गरेको छ ।

आज मेलबर्न क्रिकेट ग्राउन्डमा भएको खेलमा भारतले निर्धारित २० ओभरमा ५ विकेटको नोक्सानीमा जिम्बावेलाई एक सय ८७ रनको चुनौती दिएको हो ।

भारतका लागि सुर्यकुमार यादवले सर्वाधिक ६१ रन बनाए भने केएल राहुलले ३५ बलमा ५१ रनको योगदान दिए ।

कप्तान विराट कोहलीले २५ बलमा २६ रन मात्र जोड्न सके । साथै, हार्दिक पाण्ड्यले १८ रन जोडे भने रोहित शर्माले १३ बलमा १५ रन जाड्दै पबिलियन फर्किए ।

जिम्बावेका लागि सिन बिलियम्सले २ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *