महिलाको उचाइ धेरै हुँदा विमानको सिटमा बस्न नमिलेपछि स्ट्रेचर ल्याएर सुताइयो
काठमाडौं । ‘विश्वकै सबैभन्दा अग्ली महिला’ को उपाधि जितेकी रुमेसा गेल्गी फेरि एकपटक चर्चामा छिन् । कारण उनको पहिलो उडान हो। वास्तवमा, पहिलो पटक रुमेसाका लागि विमानमा ६ सिट जोडेर एउटा सिट बनाइएको थियो । किनभने ७ फिट ७ इन्च अग्ली रुमेसालाई सामान्य सिटमा बस्न सम्भव थिएन ।
विमानमा सवार रुमेसाको तस्बिर पनि सार्वजनिक भएको छ । यो तस्विर उनको इन्स्टाग्राम अकाउन्टबाट सेयर गरिएको हो । यसमा टर्किस एयरलाइन्सको विमानमा रुमेसा गेल्गी कसरी स्ट्रेचरजस्तै लामो सिटमा सुतिरहेकी छिन् भन्ने देख्न सकिन्छ ।
View this post on Instagram
द मिररका अनुसार विमानमा उनको लागि ठाउँ बनाउन ६ वटा इकोनोमी सिटलाई स्ट्रेचरमा परिणत गरिएको थियो। त्यसपछि ‘विश्वकै सबैभन्दा अग्ली महिला’ रुमेसा हवाई यात्रामा निस्किन् । उनी टर्कीको इस्तानबुलबाट अमेरिकाको सान फ्रान्सिस्को उडेकी थिइन् । यो यात्रा करिब १३ घण्टाको थियो ।
रुमेसाको इन्स्टाग्राम पोष्टको क्याप्शनमा लेखिएको छ– ‘यो मेरो पहिलो विमान यात्रा थियो तर यो पक्कै पनि मेरो अन्तिम हुनेछैन । मेरो यात्रामा सहभागी हुनुहुने सबैलाई हृदयदेखि धन्यवाद।’ रुमेसा अमेरिकामा करिब ६ महिना बस्नेछिन् ।
View this post on Instagram
रुमेसा टर्कीकी हुन् र उनको उचाइ ७ फिट ७ इन्च छ । ‘द ग्रेट खली’ उर्फ दलीपसिंह रानाको उचाइ ७ फिट १ इन्च छ । रुमेसाको नाममा तीनवटा विश्व कीर्तिमान छन्, जसमा सबैभन्दा अग्ली जीवित किशोरीको कीर्तिमान पनि समावेश छ। योसँगै रुमेसाले सबैभन्दा लामो हातको पंजा भएको कीर्तिमान पनि बनाएकी छिन् । उनको दाहिने हात ९.८१ इन्च छ भने देब्रे हात ९.५५ इन्च छ ।
२५ वर्षकी रुमेसा गेल्गी सामान्यतया व्हीलचेयर प्रयोग गर्छिन् किनभने उनी वीभर सिन्ड्रोमबाट पीडित छिन् । यो एक दुर्लभ आनुवंशिक विकार हो जसका कारण शरीरको वृद्धि छिटो हुन्छ ।
Facebook Comment