सूर्यकुमारका लागि वसीम अकरमले भने– ‘उनी अर्कै ग्रहबाट आएका हुन्’

डिसी नेपाल
२१ कार्तिक २०७९ ११:४९

काठमाडौं । आइतबार भएको भारत र जिम्बाब्वेबीचको खेलमा भारत ७१ रनले विजयी भएको थियो र यो खेलपछि सर्वाधिक चर्चामा रहेका ब्याट्सम्यान सूर्यकुमार यादवले २५ बलमा ६१ रन बनाएका थिए ।

सूर्यकुमारको उत्कृष्ट प्रदर्शनको देश विदेशका क्रिकेटरहरुले तारिफ गरिरहेका छन् । पाकिस्तानी खेलाडी पनि सूर्यकुमार यादवको खेलका फ्यान बनेका छन् ।

पूर्व पाकिस्तानी क्रिकेटर वासिम अकरमले सूर्यकुमारको तारिफ गर्दै उनलाई हेर्दा आफूलाई उनी अर्कै ग्रहबाट आएको जस्तो लागेको बताएका छन् ।

पाकिस्तानको क्रिकेट शो ‘द प्याभिलियन’ मा अकरमले भने, ‘यस वर्ष जसरी रन बनाएका छन्, उनी सन् २०२२ मा टी–२० ढाँचामा १००० रन बनाउने एकमात्र ब्याट्सम्यान हुन् र २०२२ मा १००० रन बनाउने पहिलो भारतीय हुन्।”

“उनलाई खेलेको हेर्न पाउनु एउटा रमाइलो कुरा हो। सूर्यकुमारले जिम्बावेविरुद्ध मात्रै होइन विश्वका उत्कृष्ट बलरविरुद्ध पनि उत्कृष्ट इनिङ खेलेका छन् । उनको शट हेर्दा बलर कता जाने हो जस्तो लाग्छ । यसलाई प्रतिभासहित निर्भिक हुनु भनिन्छ । यस्तो केटा देख्दा रमाइलो लाग्छ।”

‘सूर्यकुमारले केवल शट हान्दैनन्, चारै दिशामा शट हान्छन्। उनले ३६० डिग्री खेल्छन्।”

सूर्यकुमारको खेल टेक्निकबारे वकार युनिस भन्छन्, ‘एकदिवसीय र टेस्ट म्याचमा बलरले उसको विरुद्धमा केही योजना बनाउन सक्छ, तर टी–२० ढाँचामा भने बलर उस्तै तनावमा हुन्छन् र यदि ब्याट्सम्यान यही फर्ममा छन् भने झन् गाह्रो हुन्छ । बलरलाई बल गर्नको लागि।

“पाकिस्तानले अन्तिम खेलमा उनको बिरूद्ध राम्रो खेल्यो, एक पछि अर्को राम्रो बल गर्यो । सूर्यकुमार बिरूद्ध बलरहरूको लागि यही एक मात्र तरिका हो।”

सूर्यकुमारका बारेमा शोएब मलिकले भने, “यो विद्यालयको बच्चा हो जो पूर्ण गृहकार्य र तयारी गरेर विद्यालय पुग्यो र जब मास्टरले नाम बोलाए उनले हात उठाए र हो मेरो सबै काम पूरा भयो भने ।”

‘उनी सबै तयारीका साथ मैदानमा जान्छन्। उनको सट चयन धेरै राम्रो छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *