विराट कोहली आईसीसी प्लेयर अफ द मन्थ घोषित
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले विराट कोहलीलाई अक्टोबर महिनाको ‘प्लेयर अफ द मन्थ’ घोषित गरेको छ ।
योसँगै महिला एसिया कपमा पाकिस्तानका लागि उत्कृष्ट प्रदर्शन गरेकी निदा दारलाई ‘प्लेयर अफ द मन्थ’ अवार्ड दिइएको छ ।
मिडिया प्रतिनिधि, आईसीसी हल अफ फेमर्स पूर्व अन्तर्राष्ट्रिय खेलाडी र आइसीसीक्रिकेट डटकममा दर्ता भएका प्रशंसकहरू बीचको विश्वव्यापी मतदानपछि कोहली र दार दुवैलाई विजेताको रूपमा छनोट गरिएको थियो।
उनले दक्षिण अफ्रिकाका ब्याट्सम्यान डेभिड मिलर र जिम्बाब्वेका सिकन्दर रजालाई पराजित गर्दै यो उपाधि जितेका हुन् ।
ब्याटिङमा २०५ रन बनाएपछि कोहली प्लेयर अफ द मन्थ घोषित भए । सिड्नीमा नेदरल्यान्ड्स विरुद्ध उत्कृष्ट अर्धशतक प्रहार गर्नुका साथै मेलबर्नमा पाकिस्तान विरुद्ध उनले उत्कृष्ट ब्याटिङ गरे र पाकिस्तानले हार बेहोरेको थियो ।
भारतले एक समयमा ३१ रनमा चार विकेट गुमाएको थियो तर कोहलीले पाकिस्तानी बलरमाथि हावी रहँदै ५३ बलमा अविजित ८२ रन बनाएका थिए।
अर्कोतर्फ निदा डारले ६ खेलमा १४५ रन बनाएकी छिन् भने ८ विकेट लिएकी छिन् । उपाधि जित्दा उनले अवार्डका लागि मनोनयनमा पाउनु ठूलो र जित्नु मेरो लागि विशेष भएको बताए ।
Facebook Comment