सेमिफाइनलअघि भारतका कप्तान रोहित शर्मा घाइते
काठमाडौं । भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा आज बिहान अष्ट्रेलियामा अभ्यासका क्रममा घाइते भएका छन् । उनको देब्रे हातमा चोट लागेको थियो र त्यसपछि उनी नेटको छेउमा बसेको देखियो ।
करिब एक घण्टा आराम गरेपछि रोहित शर्मा फेरि नेटमा फर्किएका छन् । यो भारतीय फ्यानका लागि राहत हो ।
केही समयअघि दाहिने हातको नाडीमा समस्या भएको थियो । यस घटनाको भिडियो पनि बाहिर आएको छ जसमा उनी अभ्यास रोकेर मैदानको छेउमा बसेको देखिन्छ र तुरुन्तै एक मेडिकल स्टाफ आउँछन् जसले उनको हात हेर्छन्।
टी–२० विश्वकपको सेमिफाइनलमा भारतले बिहीबार इंग्ल्याण्डसँग खेल्दैछ ।
टिम इन्डियाले आइतवार जिम्बावेलाई हराउँदै टी–२० विश्वकप २०२२ को सेमिफाइनलमा आधिकारिक प्रवेश गरेको छ । अब भारतले नोभेम्बर १० मा इंग्ल्याण्डसँग सेमिफाइनल खेल्ने तयारी गरिरहेको छ ।
यस प्रतियोगितामा भारत र इंग्ल्यान्ड दुवैले राम्रो प्रदर्शन गरिरहेका छन्, त्यसैले आगामी खेललाई निकै रोमाञ्चक मानिएको छ ।
न्युजिल्यान्ड, इंग्ल्याण्ड, भारत र पाकिस्तानले टी-२० विश्वकप २०२२ को सुपर १२ चरणमा केही निकै कठिन खेलपछि सेमिफाइनल खेल्नेछन्।
Facebook Comment