दुईवटा मोटरसाइकल ठोक्किँदा दुवै चालकको मृत्यु

रुपन्देही । रुपन्देहीको गैडहवा गाउपालिका–२ मा दुई ओटा मोटरसाइकल ठोक्किँदा दुवै चालकको मृत्यु भएको छ ।
लु.५ प ९७ ३२ नम्बरको मोटरसाइकल र लु.७६ प ३३ ७२ नम्बरको मोटरसाईकल सोमबार ठोक्किएका थिए ।
दुर्घटनामा परी गैडहवा गाउँपालिका–२ जोगडा बस्ने २३ वर्षीय सन्तोष पासी र १६ वर्षीय निरज लोधको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका पासीको सिटी अस्पताल भैरहवामा र लोधको भिम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सूर्यपुराले जनाएको छ ।
प्रतिक्रिया
Facebook Comment