फिफाका पूर्व अध्यक्षले स्वीकार गरे – ‘कतारलाई विश्वकपको आयोजना गर्ने अधिकार दिनु गल्ती थियो’

डिसी नेपाल
२३ कार्तिक २०७९ १२:५२

काठमाडौं । फिफाका पूर्व अध्यक्ष सेप ब्लाटरले सन् २०२२ को विश्वकप आयोजना गर्ने अधिकार कतारलाई दिने निर्णयलाई गल्ती भनेका छन् ।

सन् २०१० मा कतारलाई २०२२ को विश्वकप आयोजना गर्ने जिम्मा दिइएको थियो। सेप ब्लाटर त्यतिबेला विश्व फुटबलको प्रशासकीय निकायका अध्यक्ष थिए ।

कतारको समलिङ्गी सम्बन्धबारेको कानुन, मानवअधिकार रेकर्ड र आप्रवासी कामदारमाथिको व्यवहारका कारण आलोचना भइरहेको छ।

ब्लाटरले स्वीस पत्रिका ट्याग्स एन्जिगरसँग कुरा गर्दै कतारका लागि फुटबल र विश्वकप निकै ठूलो भए पनि कतार आफै यसका अगाडि सानो भएको बताए ।

९२ वर्षको इतिहासमा पहिलो पटक मध्यपूर्वको कुनै देशमा फुटबल विश्वकप आयोजना हुन लागेको हो । यो नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म चल्नेछ।

ब्लाटरले १७ वर्ष फिफा अध्यक्षको रूपमा सेवा गरे तर २०१५ मा पद त्याग गर्न बाध्य भए। उनीमाथि युरोपेली फुटबल संघका पूर्व अध्यक्ष मिशेल प्लाटिनीलाई अवैध रूपमा २० लाख स्विस फ्र्याङ्क पठाएको आरोप लागेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *