फाइनल पुग्न १५३ रनको लक्ष्य पाएको पाकिस्तानको तुफानी सुरुवात
काठमाडौं । न्युजिल्यान्डले दिएको १५३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले तुफानी सुरुवात गरेको छ । उसले सुरुवाती ५ ओभरमा कुनै विकेटको क्षतिबिना ४७ रन बनाएको छ ।
पहिलो ओभरमा नै कप्तान बाबर आजमको क्याच विकेटको पछाडि छोडियो । यो ओभरको चौथो बल बाबरको ब्याटमा लागेपछि सिधै विकेटको पछाडि गयो । विकेटकिपर डेभोन कोनवेले डाइभिङ गर्ने क्रममा आफ्नो दाहिनेतर्फ समात्ने प्रयास गरे तर उनको ग्लोभ्सले ठोकेपछि क्याच छुटेको थियो।
यसअघि ट्वान्टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा ड्यारिल मिचेलको अर्धशतक र कप्तान केन विलियम्सनको ४६ रनको मद्दतले न्यूजिल्याण्डले पाकिस्तानलाई जितका लागि १५३ रनको लक्ष्य दिएको थियो ।
आफ्नो प्लेइङ इलेभेनमा कुनै परिवर्तन नगरी मैदान उत्रिएको किवी टोलीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । पाकिस्तानले पनि आफ्नो टोलीमा कुनै परिवर्तन गरेको छैन ।
Facebook Comment