विश्वकपको दोस्रो सेमिफाइनलमा इङ्ल्याण्डले टस जितेर भारतलाई ब्याटिङको निम्तो दियो

डिसी नेपाल
२४ कार्तिक २०७९ १३:३०

काठमाडौं । एडिलेडमा हुने टि-२० विश्वकपको दोस्रो सेमिफाइनलमा इंग्ल्याण्डका कप्तान जोस बटलरले टस जितेर भारतलाई ब्याटिङको निम्तो दिएका छन् । इंग्ल्याण्डले बलिङ गर्ने निर्णय गरेको छ । भारतीय टोलीले पहिले ब्याटिङ गर्नेछ ।

बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई पराजित गर्दै पाकिस्तान फाइनलमा प्रवेश गरेको छ । आजको खेलको विजेता टोलीले नोभेम्बर १३ मा मेलबर्नमा हुने फाइनल खेलमा पाकिस्तानको सामना गर्नेछ ।

भारतीय टोली समूह २ मा नम्बर एकमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्ल्याण्ड समूह १ मा दोस्रो स्थानमा रह्यो। मार्क वुड र डेभिड मलान आज इंग्ल्याण्डको टोलीमा खेलिरहेका छैनन् । उनको स्थानमा फिल साल्ट र क्रिस जोर्डनलाई स्थान दिइएको छ ।

भारतका कप्तान रोहित शर्माले आजको खेलका लागि आफ्नो टोलीमा कुनै परिवर्तन नगरिएको बताए । भारतीय टोलीमा रोहित शर्मा (कप्तान), केएल राहुल, विराट कोहली, सूर्यकुमार यादव, हार्दिक पाण्ड्या, ऋषभ पन्त, अक्षर पटेल, आर अश्विन, भुवनेश्वर कुमार, मोहम्मद शमी र अर्शदीप सिंह छन् ।

इङ्ल्याण्डको टोलीमा जोस बटलर (कप्तान र विकेटकिपर), एलेक्स हेल्स, फिलिप साल्ट, बेन स्टोक्स, हैरी ब्रूक, लियाम लिविंगस्टोन, मोइन अली, सैम कुरेन, क्रिस जोर्डन, क्रिस वक्स र आदिल रशीद छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *