चर्चित ठाउँमा बिकिनी फोटोसुटलाई लिएर हंगामा, रोक्नलाई प्रहरी पुग्यो !
काठमाडौं । विश्वको प्रसिद्ध स्मारक एफिल टावर नजिक गएर दुई मोडलले यस्तो तस्बिर क्लिक गरे कि हंगामा मच्चियो । यो हर्कतका कारण आफू पक्राउ पर्नबाट मुस्किलले बचेको युवतीले बताइन् । तर, उनीहरुले इन्स्टाग्राममा तस्बिर पनि शेयर गरेपछि उनीहरुले जनताको आक्रोशको सामना गर्नुपरेको थियो । पछि उक्त फोटो इन्स्टाग्रामबाट पनि हटाउनुपर्ने भयो ।
घटनाको भिडियो पनि सार्वजनिक भएको छ । यसमा दुई ब्राजिलियन इन्फ्लुएन्सर २४ वर्षीया गेब्रिएला भर्सियानी र २७ वर्षीय ग्याबिली पेरिसको एफिल टावर नजिक फोटोसुट गराउँदै आएका छन् । त्यतिकैमा प्रहरी उनीहरुसम्म पुग्छ । मिडिया रिपोर्टमा भनिएको छ कि दुबै महिलाले आफ्नो बिकिनी ब्यापारलाई बढावा दिन यो फोटोशूट गराएको हो । तर ३१ अक्टोबरमा उनीहरुलाई उक्त फोटो हटाउन आदेश दिइएको थियो ।
ती युवतीहरूले आफ्नो इन्स्टाग्राम पेजमा फोटोसुटका तस्बिर र भिडियो पनि सेयर गरेका छन् । यस विषयमा सामाजिक सञ्जालमा हंगामा सुरु भएको छ । भिडियोमा केटीहरूले लामो कालो कोट फुकालेर रातो बिकिनी लगाएको देखिन्छ। त्यहाँ तेस्रो केटी पनि थिइन् । उनले छोटो ब्लेजर लगाएकी थिइन् ।
ती मानिसहरूको यो कार्य हेर्न त्यहाँ भीड जम्मा भयो। त्यसपछि केही प्रहरी अधिकारी त्यहाँ पुगेका देखिए । एक महिला प्रहरी अधिकारीले महिलाहरूलाई आफ्नो शरीर छोप्न आग्रह गरिन् ।
इन्फ्लुएन्सरको तस्बिर क्लिक गरिरहेकी भेनेसा लोपेजले सामाजिक सञ्जालमा घटनाबारे बताएकी छिन्– ‘हामीलाई झण्डै पक्राउ गरिसकिएको थियो । किनकी हामीले बिकिनीलाई प्रमोट गरेका थियौं र ती मानिसहरूले हामी यो गर्न सक्दैनौं भन्थे।’
भेनेसाले थप बताइन् कि पुलिस अधिकारीहरूले उनीहरूलाई यहाँको कानून अनुसार कुनै पनि पर्यटकीय स्थल अगाडि सेमी-न्यूड फोटो खिच्न नपाउने बताए। सामाजिक सञ्जालमा मानिसहरूले मोडलहरूलाई आफ्नो कार्यमा लाज मान्नु पर्ने बताएका छन्।
एक प्रयोगकर्ताले लेखेका छन्– ब्रान्ड प्रमोशनका लागि ती व्यक्तिहरू स्विमिङ पुल वा समुद्रमा जानुपर्छ । तपाईंको सामग्री बेकार छ। अर्को प्रयोगकर्ताले लेखेका छन्- कहिलेकाहीँ मानिसहरूले मार्केटिङको व्यवसायमा सेन्स प्रयोग गर्दैनन्। तर, केटीको समर्थनमा केही मानिसहरु पनि देखिएका छन् ।
Facebook Comment