नेपाली नै तस्करी गरेकोमा फिनल्याण्डमा नेपाली दम्पत्तिलाई सजाय, व्यापारमा प्रतिबन्धको आदेश

डिसी नेपाल
२७ कार्तिक २०७९ ३:१९

युरोप । मानव तस्करी गरेको अपराधमा नेपाली मुलका एक दम्पत्तिलाई फिनल्याण्डको एउटा जिल्ला अदालतले जेल सजाय सुनाएको छ।

फिनल्याण्डमा रेष्टुरेण्ट व्यवसायमा संलग्न भएका डिलाराम सापकोटा र उनकी पत्नी रिमा सापकोटालाई नेपालबाटै कामदार ल्याई मानवतस्करीका संलग्न भएकोमा दोषी करार गरिएको हो। उनीहरु दुबैलाई फिनल्याण्डमा व्यापार गर्न समेत अदालतले प्रतिबन्ध लगाएको छ।

सापकोटा दम्पत्तिलाई पिर्कान्मा जिल्ला अदालतले जेल सजायका अलावा भारीमात्रामा क्षतिपूर्ति भराउने आदेश पनि दिएको छ। समाचारअनुसार, डिलारामले ३ बर्ष ८ महिना जेल सजाय पाएका छने भने उनकी पत्नी रिमाले २ बर्ष १० महिना जेल बस्नुपर्ने छ।  त्यसैगरी डिलारामलाई ६ बर्ष कुनै व्यापार गर्न पाउने छैनन् भने उनकी पत्नी रिमालाई ५ बर्ष व्यापारमा प्रतिबन्ध लगाइएको छ।

सापकोटा दम्पत्तिले फिनल्याण्डको ट्यामपिरे भन्ने ठाउँमा खोलेको रेष्टुरेण्टमा नेपालबाट कामदार ल्याई जवर्जस्ती काममा लगाउने गरेको ठहर अदालतले गरेको छ।

कामदारहरुलाई विहान सबेरैदेखि राति अवेरसम्म जवर्जस्ती काममा लगाउने, उनीहरुलाई सातामा एकदिन पनि विदा नदिने र अन्य कुनै विदा पनि नदिने मात्र होइन उल्टै कामदारबाटै जवर्जस्ती हजारौं युरो रकम आफू र आफन्तका नाममा टान्सफर गर्न लगाएकोमा पनि सापकोटालाई अदालतले दोषी ठहर गरेको छ।

श्रम कानूनका कारण देखाउनका लागि तलब दिएको जस्तो गर्ने अनि दिएको तलव आफू र आफन्तका नाममा फेरि जवर्जस्ती फर्काउने काम उनीहरुले गरेका थिए। अदालतले यो दम्पत्तिलाई ६ जना नेपाली कामदारलाई पीडा दिएकोमा सजाय सुनाइएको छ।

जसमध्ये अदालतले ४ जनाको मानव तस्करी गरेको, एकजनाबाट जवर्जस्ती असुली गरेको र अर्कोलाई रोजगारीमा विभेद गरेको प्रमाणित गरेको हो। जवर्जस्ती काममा लगाई उनीहरुको कागजात नियन्त्रणमा लिएर उनीहरु र उनीहरुको परिवारसमेतलाई नेपाल फर्कादिने भन्दै तर्साउने कार्यमा संलग्न भएको आरोप सापकोटा दम्पत्तिमाथि लागेको थियो। उनीहरुको एम एण्ड रेष्टुरेण्टहरु र रेसुंगा नामको कम्पनीलाई १५ हजार युरो थप सजायसमेत अदालतले सुनाएको छ ।

फिनल्याण्डको स्थानीय संचारमाध्यमले मानव तस्करी गरेको प्रमाणित भई जेल सजाय सुनाइएका ती नेपाली दम्पत्तिको तस्वीरसमेत सार्वजानिक गरेको छ।  टिमो मार्टिला नामक फोटो ग्रफरले खिचेको सो फोटोसहितको समाचार नोभेम्बर ११ तारिकको डिजिटल अंकमा बेलुकी ५ बजेर २२ मिनेट जांदा अपलोड गरिएको छ।

पिर्कान्मा जिल्ला अदालतको सजाय उल्लेख गर्दै हेल्सिगिंन सानोमात नामको पत्रिकाले लेखेको समाचारअनुसार, मानवतस्करी गर्ने यो दम्पत्ति र यिनका नामका कम्पनीले हजारौं युरो रकम क्षतिपूर्तिस्वरुप तिर्नुपर्ने फैशाला पनि अदालतले गरेको छ।

तस्वीर श्राेत : हेल्सिगिंन सानोमात




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *