टी–२० विश्वकप फाइनल: पाकिस्तानद्वारा इंग्ल्यान्डसामु सामान्य लक्ष्य प्रस्तुत

डिसी नेपाल
२७ कार्तिक २०७९ १५:३२

काठमाडौं । टी–२० विश्वकप क्रिकेटको फाइनलमा पाकिस्तानले इंग्ल्यान्डलाई सामान्य लक्ष्य दिएको छ ।

मेलबर्न क्रिकेट मैदानमा भएको खेलमा पाकिस्तानले इंग्ल्यान्डलाई १३८ रनको लक्ष्य दिएको हो ।

इंग्ल्यान्डले टस जितेर पाकिस्तानलाई ब्याटिङको निम्तो दिएको थियो । पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १३७ रन मात्र बनाउन सकेको हो ।

इंग्ल्यान्डका लागि स्याम करणले ३ विकेट लिए । अदिल रसिदले र क्रिस जोर्डनले समान  २/२ विकेट लिए । साथै बेन स्टोकले  एक विकेट लिए ।

पाकिस्तानकालागि सान मसोदले सर्वाधिक ३८ रनको योगदान दिए । साथै, बाबर अजामले ३२ रन बनाए । महोम्मद रिजवानले १५ रन मात्र जोड्न सके भने महोम्मद ह्यरिसले ८ रन बनाए ।

महोम्मद वासिम ४ रन बनाएर पविलियन फर्किएका थिए भने सादब खानले २० तथा महोम्मद नवाजले ५ रन बनाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *