टी–२० विश्वकप क्रिकेटः पाकिस्तानलाई हराउँदै च्याम्पियन बन्यो इंग्ल्यान्ड

डिसी नेपाल
२७ कार्तिक २०७९ १७:२२

काठमाडौं । टी–२० विश्वकप क्रिकेट २०२२ को उपाधी इंग्ल्यान्डले उचालेको छ ।

मेलबर्न क्रिकेट मैदानमा भएको खेलमा इंग्ल्यान्डले पाकिस्तानमाथि ५ विकेटको जित निकाल्दै उपाधी चुमेको हो ।

इंग्ल्यान्डले टस जितेर पाकिस्तानलाई ब्याटिङको निम्तो दिएको थियो । पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १३७ रन मात्र बनाउदै इंग्ल्यान्डलाई १३८ रनको लक्ष्य दिएको हो ।

इंग्ल्यान्डकालागि बेन स्टोकले उत्कृष्ट प्रदर्शन गर्दै अविजित रहदै सर्वाधिक ५२ रन बनाए । साथै जस बट्लरले २६ रन जोडे भने ह्यारि ब्रोकले २० रन बनाए ।

इंग्ल्यान्डका लागि स्याम करणले ३ विकेट लिए । अदिल रसिदले र क्रिस जोर्डनले समान २र२ विकेट लिए । साथै बेन स्टोकले एक विकेट लिए ।

पाकिस्तानकालागि सान मसोदले सर्वाधिक ३८ रनको योगदान दिए । साथै, बाबर अजामले ३२ रन बनाए । महोम्मद रिजवानले १५ रन मात्र जोड्न सके भने महोम्मद ह्यरिसले ८ रन बनाए ।

महोम्मद वासिम ४ रन बनाएर पविलियन फर्किएका थिए भने सादब खानले २० तथा महोम्मद नवाजले ५ रन बनाए ।

इंग्ल्यान्डले दोस्रो पटक विश्वकप जितेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *