युएइले नेपाललाई २६४ रनको लक्ष्य दियो
काठमाडौं । आजदेखि सुरु भएको नेपाल र युएइबीचको द्विपक्षीय एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा युएइले नेपाललाई २६४ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको युएइले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २६३ रन बनाएको हो ।
युएइका लागि अलराउण्डर रोहन मुस्तफाले अर्धशतकीय पारी खेल्दै ५३ रन बनाए । मुहम्मद वसीमले ४३, वृत्याँ अरविन्दले ४०, अलिशान शराफुले २९, अहमद राजाले नटआउट २७, अयान अहमद राजाले २६, बसील हमीदले १४ रन बनाए ।
नेपालका लागि गुलशन झाले सर्वाधिक २ विकेट लिए । सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए । युएइका ३ जना ब्याट्सम्यान रनआउट भएका थिए । नेपालले केही बेरमा लक्ष्य पच्छ्याउँदै ब्याटिङ थाल्नेछ ।
प्रतिक्रिया
Facebook Comment