यी सात संकेत जसले बताउँछ तपाईको कलेजो हुँदैछ खराब
काठमाडौँ। कलेजो शरीरको एक महत्वपूर्ण अंग हो, जसमा क्षति पुगे मानिसको ज्यान पनि जान सक्छ। यो शरीरमा खाना पचाउनदेखि लिएर पित्त बनाउन (कलेजोले पित्तको माध्यमबाट खाना पचाउने काम गर्दछ) काम गर्छ। जब कलेजो बिग्रन्छ, पाचन प्रणालीमा गडबड हुन्छ जसले गर्दा पेटमा धेरै रोग लाग्न सक्छ।
कलेजोले शरीरलाई संक्रमणसँग लड्न, शरीरबाट विषाक्त पदार्थहरू हटाउन, रगतमा चिनी नियन्त्रण गर्न, कार्बोहाइड्रेटहरू भण्डारण गर्न र प्रोटिन बनाउन मद्दत गर्छ। कलेजोले सम्पूर्ण शरीरलाई डिटोक्सिफिकेसन गर्छ। जब कलेजो बलियो हुन्छ तव शरीरका स्वस्थ रहन्छ र जब यो कमजोर हुन्छ तब शरीर पनि कमजोर हुन्छ।
कलेजोमा क्षति पुग्दा पाचन प्रणालीले राम्ररी काम गर्दैन, जसका कारण भोक नलाग्ने र कमजोरी हुने जस्ता समस्याहरू महसुस हुन्छन्। कलेजो रोगले चुपचाप लाग्ने गर्दछ। सामान्यतया यसको लक्षण सुरुमा देखिंदैन र पछि गैर निकै गम्भीर रुप लिने गर्दछ।
अल्कोहल, उच्च क्यालोरी र फ्याट फूड तपाईंको कलेजोको शत्रु हो किनभने यसलाई पचाउन कलेजोले कडा मेहनत गर्नुपर्छ। यदि कलेजोमा कुनै किसिमको गडबडी भयो भने यसले धेरै प्रकारका संकेत दिन थाल्छ जसलाई बेवास्ता गर्नु हुँदैन ।
स्वास्थ्य विज्ञहरूका अनुसार कलेजोमा लामो समयदेखि समस्या भएमा यी सात लक्षण देखापर्छन्, जसलाई समयमै पहिचान गरी उपचार गर्नुपर्ने हुन्छ ।
दिसाको रंगमा परिवर्तन
कलेजोमा उत्पादन हुने पित्त लवणका कारण दिसाको रंग गाढा हुन्छ, जसको अर्थ तपाईको कलेजो स्वस्थ छ। तर कलेजोमा कुनै समस्या भएमा बोसो पचाउन नसक्ने हुँदा दिसा पातलो हुन्छ र यसको रंग हल्का हुन्छ।
उल्टी वा वाकवाकी
कलेजोमा समस्या भए वाकवाकी लग्नु सामान्य लक्षण हो किनभने यस अवस्थामा कलेजोले विषाक्त पदार्थहरू फिल्टर गर्न सक्दैन र यी विषाक्तहरू रगतको प्रवाहमा जम्मा हुन थाल्छ जसले वाकवाकी निम्त्याउँछ।
ग्यास्ट्रोकोलिक रिफ्लेक्स
ग्यास्ट्रोकोलिक रिफ्लेक्स कुनै रोग वा चिकित्सा अवस्था होइन, बरु यो एक शारीरिक रिफ्लेक्स अर्थात् क्रिया हो। यस्तो अवस्थामा कुनै पनि चिज खाएपछि शौचालय जाने इच्छा हुन्छ जुन स्वास्थ्यका लागि बिल्कुलै राम्रो हुँदैन। यो यसकारण हुन्छ कि कलेजो बिमारी भए तपाईले खाएको खानालाई अवशोषित गर्न असमर्थ हुन्छ। यसले कोलोन (पेट) मा प्रतिक्रिया ट्रिगर गर्दछ र यो संकुचित हुन थाल्छ। संकुचनको अवस्थामा, शरीरले तपाईलाई शौचालय जान संकेत गर्दछ।
छाला र आँखाको रंग पहेंलो हुनु
यदि तपाईको कलेजोमा समस्या छ भने तपाईको छाला र आँखाको रंग पहेँलो हुन थाल्छ। यो रगतमा बिलिरुबिन नामक रसायनको कारणले हुन्छ। केही समस्याका कारण कलेजोले यसलाई प्रभावकारी रूपमा प्रशोधन गर्न सक्दैन, त्यसैले यी संकेतहरू तपाईंको शरीरमा देखा पर्न थाल्छन्। जब कलेजो बिग्रन्छ, धेरै अवस्थामा छालामा क्रस्ट पनि बन्न थाल्छ, जसले गर्दा चिलाउने पनि हुन्छ।
ढिलो घाउ निको हुनु
कलेजो खराब भएको कारणले कलेजोले आवश्यक प्रोटिन उत्पादन गर्न असमर्थ हुन्छ र त्यसैले तपाईको रक्तनलीहरू सजिलै घाइते हुन्छन्।
मूत्र रंग परिवर्तन
कलेजोमा समस्या हुँदा यसले बिलिरुबिन नामक रसायनलाई तोड्न सक्दैन, जसका कारण कलेजोमा यसको स्तर बढ्न थाल्छ र पिसाबको रंग परिवर्तन हुन थाल्छ । कलेजो फेल भएमा वा कुनै संक्रमण भएमा पिसाबको रंग गाढा पहेंलो हुन्छ।
पेट फुल्नु
पेट फुल्नु कलेजो खरावको अर्को लक्षण हो। यस्तो अवस्थामा पेटमा तरल पदार्थ भरिन थाल्छ, जसलाई सामान्य भाषामा पेटमा पानी भर्नु भनिन्छ । यो रोगमा मानिसको खुट्टा बारम्बार सुन्निने गर्छ ।
Facebook Comment