नेपालमा १४ कोरोना संक्रमित थपिए

काठमाडौं । नेपालमा १४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३ सय ३० जनाको नमुना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थपिएकासँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४ सय ९१ पुगेको छ । मंगलबार २० जना कोरोनामुक्त भएका छन् ।
प्रतिक्रिया
Facebook Comment