आईपीएलका दुई टोलीका कप्तानलाई नै टिमबाट हटाए

डिसी नेपाल
३० कार्तिक २०७९ ११:५८

काठमाडौं । इन्डियन प्रिमियर लिग अर्थात आईपीएलमा फ्रेन्चाइजीहरुले आ–आफ्नो टिमको पुनर्निर्माण सुरु गरेका छन् । यस प्रक्रियामा, केही खेलाडीहरूलाई लिलामीमा अर्को खेलाडीलाई अधिग्रहण गर्न सकियोस् भनेर रिलिज गरिन्छ।

सनराइजर्स हैदरावादले कप्तान केन विलियमसनलाई रिलिज गरेको छ भने पञ्जाब किङ्स इलेभेनले पनि कप्तान मयंक अग्रवाललाई रिलिज गर्ने निर्णय गरेको छ ।

आईपीएल २०२३ को आगामी सिजनका लागि खेलाडीको लिलामी २३ डिसेम्बरमा कोच्चिमा हुनेछ। मेगा अक्सनमा ९० करोड रुपैयाँ रहेको रकम पनि बढेर ९५ करोड रुपैयाँ पुगेको छ । मेगा अक्सनअघि फ्रेन्चाइजीहरूले केही खेलाडी रिलिज र केहीलाई रिटेन गरिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *