युएइले नेपाललाई दियो १९२ रनको लक्ष्य

डिसी नेपाल
३० कार्तिक २०७९ १२:१८

काठमाडौं। किर्तिपुर मैदानमा जारी नेपाल र युएइबीचको एकदिवसीय सिरिजको दोस्रो एकदिवसीयमा युएइले नेपाललाई १९२ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको युएइ ४३.२ ओभरमा १९१ रन बनाउँदै अलआउट भएको हो ।

युएइका लागि मुहम्मद वसीमले सर्वाधिक ५० रन बनाए । अलीशन शराफुले ३५, वृत्याँ अरविन्दले २५, बसिल हमीदले २४, चन्दनगोपाल रिजवानले २२ र विष्णु सुकुमारनले १५ रन बनाए ।

नेपालका लागि सोमपाल कामी र ललित राजवंशीले ३–३ विकेट लिए । करण केसी, गुलशन झा, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले १–१ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *