फर्सीको बियाँले डिप्रेसन हटाउँछ, बेकार सम्झेर डस्टबिनमा नफाल्नुहोस्

डिसी नेपाल
१ मंसिर २०७९ १३:०५

काठमाडौं । डिप्रेसन अहिलेको युगको प्रमुख समस्या बनेको छ । प्रेम वा मित्रतामा धोका, आर्थिक समस्या, जागिरको तनाव, पारिवारिक कलह वा कुनै ठूलो रोग जस्ता धेरै कारणले तनाव हुन सक्छ। डिप्रेसन एउटा यस्तो रोग हो जसले पीडित व्यक्तिलाई मात्र नभएर उसको परिवार तथा समाजलाई समेत असर पुयाउँछ ।

यो रोग हरेक देश र समाजमा व्याप्त छ । कुल जनसङ्ख्याको करिब १५ प्रतिशत मानिसहरू जीवनमा कमसेकम एक पल्ट डिप्रेसन शिकार भएको पाइन्छ । यो सम्भावना महिलाहरूमा अझ बढी हुन्छ । डिप्रेसन भएका मध्ये १५ प्रतिशत रोगीहरूले आत्महत्या गर्ने सम्भावना रहन्छ ।

डिप्रेसनका लक्षणहरू:

–मन उदास वा दिक्क भइरहने ।

–कुनैपनि कुरामा चाख नलाग्ने, कमजोरी वा थकावट महशुस हुने ।

–खुसीहुनुपर्ने कुरामा पनि खुसीहुन नसक्ने हिनताबोध हुने।

–एकाग्रता तथा सोच्ने र सम्झने क्षमतामा कमी हुने ।

–निन्द्रा नलाग्ने वा निन्द्राले चाँडै छोड्ने।

– यौनइच्छामा कमी हुने।

– खाना खान मन नलाग्ने ।

–भविश्यप्रति नैराश्यता छाउने।

–बाँच्नु बेकार छ भनेर मर्ने इच्छा पलाउने तथा आत्महत्याको विचार आउने।

–टाउको, पेट, छाती वा हातखुट्टा दुख्ने, अपच हुने, महिलाहरूको मासिकस्राव अनियमित हुने जस्ता लक्षण देखा पर्छन ।

–केटाकेटीहरूलाई डिप्रेसन भएमा खेल्न नमान्ने, झगडा गर्ने, विद्यालय नजाने जस्ता लक्षण पनि देखा पर्छन ।

–धेरै कडा डिप्रेसन भएको अवस्थामा हलचल नगरी बसी रहने, खाना खाँदै नखाने वा बोल्दै नबोल्ने पनि हुन सक्छ ।

नेपालमा मानसिक स्वास्थ्यलाई खासै ध्यान दिइँदैन। तर स्वस्थ जीवनको लागि यो धेरै महत्त्वपूर्ण हुन्छ। दिमागमा सुधार नगरी शरीरलाई स्वस्थ राख्न सकिँदैन। आज हामी तपाईलाई तनावबाट बच्न सजिलो घरेलु उपाय बताउँनेछौं ।

हाम्रो बारीमा फल्ने फर्सी त्यस भित्रको बियाँ मानसिक स्वस्थ्यका लागि अति उपयोगी हुने गर्दछ । फर्सीको बीयाँ  मानसिक स्वास्थ्यको लागि अत्यन्त लाभदायक खानेकुरा हो । यसमा प्रसस्त मात्रामा एण्टिअक्सिडेण्ट पाईन्छ । मानसिक स्वास्थ्यका लागि अत्यावश्यक म्यागनेसियम, म्याग्नीज, कपर, भीटामिन के, जीङ्क, आईरन, फस्फोरस जस्ता अनेकौँ खनिज एवं लवणहरू पाईने फर्सीको बियाँको नियमीत सेवनले तनाव दूर गर्दछ। यसैगरि चिन्ता बाट मूक्ति पाउन, र मानसिक ताजगीका लागि पनि फर्सीको बीयाँ खानुपर्ने हुन्छ ।

डिप्रेसन कम गर्नका लागि फर्सीको बीउलाई खानामा समावेश गर्न सक्नुहुन्छ। यसमा भिटामिन सी पाइन्छ जसले मस्तिष्कमा न्यूरोट्रान्समिटर नामक रसायन उत्पादन गर्छ। यो रसायनको मद्दतले मुड सुधार्ने गर्दछ । सकिन्छ।

यसका साथै फर्सीको बियाँमा म्याग्नेसियम पनि पाइन्छ। जसले दिमागलाई शान्ति दिन्छ। यस बाहेक यी बीउमा पाइने जिंकले पनि तनाव कम गर्छ।

हामी प्रायः फर्सीको बियाँलाई बेकारको ठान्दै डस्टबिनमा फाल्छौं, तर यो धेरै नै उपयोगी हुने गर्दछ ।

तनाव हुनुको अर्को प्रमुख कारण निद्रामा समस्या हुनु हो । यो समस्याबाट बच्न तपाईले आफ्नो दैनिक आहारमा फर्सीको बियाँ खाने गर्नुहोस्। यसमा म्याग्नेसियम प्रचुर मात्रामा पाइने हुनाले यसले अनिद्राबाट छुटकारा पाउन मद्दत गर्छ ।

फर्सीको बियाँमा राम्रो मात्रामा फाइबर पाइन्छ। जसले गर्दा तौल नियन्त्रणमा रहन्छ र रक्तचाप पनि उच्च हुँदैन । यस्तो अवस्थामा तपाई सजिलै मुटु रोगबाट बच्न सक्नुहुन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *