एन्फा अध्यक्ष विश्वकप हेर्न जानेभएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी लामालाई

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यवाहक अध्यक्षको जिम्मेवारी दावा लामालाई दिइएको छ ।
एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ फिफा विश्वकप फुटबलको उद्घाटन सत्रमा सहभागिता जनाउन कतार जाने भएपछि लामालाई कार्यवाहकको जिम्मेवारी दिइएको एन्फाले जनाएको छ ।
एन्फाले आज एक विज्ञप्ती जारी गर्दै लामालाई मंसिर ३ देखि ६ गतेसम्मका लागि कार्यवाहकको जिम्मेवारी दिइएको जनाएको हो ।
लामा एन्फाका उपाध्यक्ष हुन् ।
प्रतिक्रिया
Facebook Comment