यसरी तयार पारियो मतदानस्थल (फोटोफिचर)

डिसी नेपाल
३ मंसिर २०७९ १५:५३

काठमाडौं । मङ्सिर ४ गते (भोलि) हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको लागि देशभरका मतदान केन्द्रको काम धमाधम भइरहेका छन् ।

अधिकांश केन्द्रको निर्माण काम सकिसकेको र बाँकी रहेका केन्द्रहरूमा काम भइरहेको छ । निर्माण कार्य सकिसकेको मतदान केन्द्रले विभिन्न पार्टीका प्रतिनिधिलाई परिचयपत्र दिने काम गरिरहेका छन् ।

हेर्नुहोस देशभरका मतदानस्थलको तस्बिरहरुः

मोरङ निर्वाचन क्षेत्र नं ४ अन्तर्गतको विराटनगर–१ को राधाकृष्ण माध्यमिक विद्यालय परिसरमा मतदान केन्द्र निर्माण गरिँदै । तस्बिरः अनुज सापकोटा\रासस

 

बाँकेको खजुरा गाउँपालिका– ७ को (क) र (ख) मतदान केन्द्र । तस्बिरः भेषराज बस्नेत\रासस

 

पोखरा महानगरपालिका–८ स्थित राम आधारभुत विद्यालयमा मतदानस्थल निर्माण गरिँदै । तस्बिर: कृष्ण दवाडी\रासस

 

मोरङको सुन्दरहरैँचा १० स्थित सुकुना माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदानस्थल निर्माण गर्दै कमदार । तस्बिरः मणिराम दाहाल \रासस

 

मोरङ क्षेत्र नं ५ मा पर्ने विराटनगर–१३ स्थित बाल विकास विद्यालय रानीमा शनिबार बुथ निर्माण गरिँदै । तस्बिरः मनोज दाहाल\रासस

 

भरतपुर महानगरपालिका वडा नं १० मा रहेको भरतपुर माध्यामिक विद्यालयको मतदान स्थलमा मतदान केन्द्र निर्माण गर्दै कर्मचारी । तस्बिरः नारायण अधिकारी\रासस

 

भरतपुर महानगरपालिका वडा नम्बर ९, सरदपुर प्राविधिक विद्यालयको मतदान स्थलमा मतदान केन्द्रमा गरिएको तयारी । तस्बिरः नारायण अधिकारी\रासस

 

रुकुम पश्चिम मुसीकोट नगरपालिका–१३ मा रहेको महेन्द्र माध्यामिक विद्यालयमा मतदान केन्द्र निर्माण गर्दै केन्द्रमा खटिएका कर्मचारी । तस्बिर: परिचन्द्र खत्री\रासस

 

काठमाडौं वसन्तपुरमा रहेको नव आर्दश माध्यामिक विद्यालय मतदान केन्द्रमा खटिएका कर्मचारीहरु ।

 

काठमाडौँको बसन्तपुरमा रहेको नव आर्दश माध्यामिक विद्यालय मतदान केन्द्रमा खटिएका कर्मचारी भोलि हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदानस्थल निर्माण गर्दै । तस्बिरः प्रदीपराज वन्त\रासस



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *