निर्वाचनले छेकेन वैदेशिक रोजगारका लागि हिडेका युवालाई

काठमाडौं । लोकतन्त्रको मेरुदण्डका रुपमा रहेको आवधिक निर्वाचन अर्थात् प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन आज भइरहेको छ ।
अहिले देशभर मतदाता मतदान गर्न गइरहँदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भने फरक दृश्य देखिएको छ । वैदेशिक रोजगारका लागि हिडेका युवाहरुका लागि भने निर्वाचनले कुनै असर गरेको देखिँदैन ।
मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभा र प्रदेशसभाको यो दोस्रो निर्वाचन हो । यसअघि २०७४ सालमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएको थियो ।
मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकैचरणमा मतदान हुँदैछ । निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार छ ।

प्रतिक्रिया
Facebook Comment