बाँके ३ मा एमालेका कक्षपति अगाडी, पछ्याउँदै कांग्रेस

बाँके । बाँके ३ मा बिहानै देखि मतगणना सुरु भएको छ । पछिल्लो मत परिणाम अनुसार नेकपा (एमाले)को अग्रता रहेको छ । प्रतिनिधि सभा सदस्यका लागि एमालेका किस्मत कक्षपतिले ९८४ र कांग्रेसका किशोरसिंह राठोरले ६८३ मत प्राप्त गरेका छन् ।
त्यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका देबेन्द्र नाथ शुक्लाले २६२ मत प्राप्त गरेका छन् । बाँकेमा ७४ हजार २१३ कुल मत खसेको थियो ।
प्रतिक्रिया
Facebook Comment