कास्की–३ प्रदेशसभा १ मा एमालेका गुरुङ विजयी

अन्नपूर्ण। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन-२०७९ अन्तर्गत कास्की निर्वाचन क्षेत्र नं ३ प्रदेशसभा १ मा नेकपा (एमाले)का उम्मेदवार गणेशमान गुरुङ विजयी भएका छन्।
पोखरा ७ स्थित उपत्यका नगरविकास समितिको हलमा आज सम्पन्न मतगणनामा गुरुङले १४ हजार चार सय ७३ मत ल्याएर गण्डकी प्रदेशसभामा विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का दुर्गादत्त भण्डारीले नौ हजार छ सय ६२ मत ल्याए।
राष्ट्रिय प्रजातन्त्र पार्टीका केदारनाथ पौडेलले तीन हजार छ सय ९७ र हाम्रो नेपाली पार्टीका खिमप्रसाद तिमिल्सिनाले दुई हजार पाँच सय १५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यसैगरी मङ्गोल नेशनल अर्गनाइजेशनका जीवनबहादुर गुरुङले चार सय ५४, आमूल परिवर्तन मसिहा पार्टी नेपालका मोतिलाल परियारले एक सय ६८, स्वतन्त्र उम्मेदवार कोमलप्रसाद शर्मा दुई सय २७ मत ल्याएका छन्।
यस क्षेत्रमा प्रतिनिधिसभाको मत गणना जारी छ। पछिल्लो गणनाअनुसार प्रतिनिधिसभामा नेकपा (एमाले)का दामोदर पौडेल बैरागीले अग्रता बनाएका छन्।
Facebook Comment