जाडोमा फिट रहन चाहनुहुन्छ भने आजैबाट खान सुरु गर्नुहोस् यी ५ ड्राई फ्रुट
काठमाडौँ। अहिले दिन प्रति दिन जाडो बढ्दै गइरहेको छ। जाडो बढेसंगै मानिसमा रोग संग लड्ने क्षमता पनि कमजोर हुने गर्दछ। जसले गर्दा जाडोयाममा मुख्यतय बालक र बृद्धहरुलाई चिसोले धेरै सताउन्छ। त्यहि भएर जाडोयाममा खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ।
जाडोको समयमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएको हुनाले आफ्नो रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि आफ्नो डाइटमा विभिन्न प्रकारका परिकारहरु पनि समावेश गर्ने गर्दछन्।
यस्तो अवस्थामा यदि ड्राई फ्रुट्सलाई आफ्नो आहारको हिस्सा बनाइयो भने यसले जिब्रोको स्वाद मात्र नभई शरीरलाई फिट राख्न पनि मद्दत गर्छ। विशेषगरी जाडोमा ड्राई फ्रुटको सेवन गर्दा धेरै फाइदाहरु देखिन्छन्। त्यसैले आफ्नो आहारमा यी पाँच ड्राई फ्रुट समावेश गर्न ढिलो नगर्नुहोस्।
बदाम
बदामलाई ड्राई फ्रुट्सको राजा भनिन्छ भने गलत हुनेछैन । बदाममा फ्याटी एसिड, प्रोटिन, फाइबर, जिंक, भिटामिन ई प्रशस्त मात्रामा पाइन्छ। यसका साथै बदामको सेवनले रक्तसञ्चार र हेमोग्लोबिनको स्तरमा पनि सुधार गर्छ। यसका साथै बदामले कोलेस्ट्रोलको स्तर पनि ठिक राख्छ। भोकको समयमा खाँदा केही बदामले मात्रै शरीरको कमीलाई पूरा गर्छ । साथै, यसको तातो प्रभावले जाडोमा फाइदा पुर्याउँछ।
काजू
काजूलाई स्वास्थ्यसँग सम्बन्धित धेरै कुरामा निकै प्रभावकारी मानिन्छ। काजूले शरीरको कोलेस्ट्रोलको स्तरलाई नियन्त्रणमा राख्छ। काजूको सेवनले उच्च रक्तचापको स्तर पनि ठीक राख्न मदत गर्ने गर्दछ। काजू माइग्रेनको दुखाईमा पनि प्रभावकारी रहेको विज्ञहरु बताउँछन्। काजू भित्र भिटामिन ई पनि प्रशस्त मात्रामा हुन्छ। साथै यो तपाईको छालाको लागि धेरै राम्रो छ।
ओखर
जाडोमा ओखर खानु निकै फाइदाजनक मानिन्छ। ओखरमा ओमेगा–३ फ्याटी एसिड हुन्छ, जसले उच्च कोलेस्ट्रोल घटाउन निकै सहयोगी हुन्छ। अखरोटको सेवन छाला र कपालको लागि पनि धेरै राम्रो छ।
अन्जीर
अन्जीर यस्तो ड्राई फ्रुट हो, जसमा आवश्यक सबै भिटामिन, मिनरल्स, फाइबर पाइन्छ। अन्जीरमा भिटामिन ए, बी१, बी१२, क्याल्सियम, सोडियम, क्लोरिन, पोटासियम प्रशस्त मात्रामा पाइन्छ। अन्जीरको प्रयोगले ब्लड सुगरलाई नियन्त्रण गर्न मद्दत गर्छ। जाडोमा यसको सेवन गर्नु राम्रो हुन्छ ।
पिस्ता
पिस्तामा सबै आवश्यक भिटामिन, मिनरल्स र एन्टिअक्सिडेन्ट तत्व पाइन्छ। पिस्ताको सेवनले तपाईंको छालालाई हानिकारक पराबैंगनी किरणहरूबाट जोगाउँछ, जसले तपाईंको छालालाई जवान राख्छ।
Facebook Comment