स्पेन र जर्मनीको खेल बराबरी

डिसी नेपाल
१२ मंसिर २०७९ ७:४१

काठमाडाैं। कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा स्पेन र जर्मनीले बराबरी खेल्दै अङ्क बाडेका छन्।

अल बेयत रङ्गशालामा आज बिहान सम्पन्न खेलमा स्पेन र जर्मनीले १-१ गोलको बराबरी खेल्दै अङ्क बाडेका हुन्। निकै प्रतिस्पर्धात्मक बनेको खेलको ६२ औँ मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई १-० को अग्रता दिलाएका थिए।

यसपछि खेलको ८३ औँ मिनेटमा जर्मनीका खेलाडी

निकलस फूलक्रुगले गोल गर्दै खेललै १-१ गोलको बराबरी ल्याए। यस बराबरीसँगै समूह ‘ई’ बाट दवबै टोलीको नकआउट सम्भावना कायम रहेको छ। स्पेनले दुई खेलमा चार अङ्क जोडेको छ भने जर्मनी दुई खेलमा एक अङ्क जोडेर पुछारमा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *