चीनमा कतार विश्वकपको प्रत्यक्ष प्रसारणको भिडियोमा मैदानमा भएका दर्शक किन देखाइँदैन ?
काठमाडौं । चीनको राष्ट्रिय प्रसारकले कतारमा जारी फुटबल विश्वकपको प्रसारणको क्रममा भीडको तस्बिरहरू सेन्सर गरिरहेको छ। कतारमा जारी विश्वकपमा एकातिर मैदानमा दर्शकको बाक्लो भीड हुन्छ भने अर्कोतर्फ चीनमा शून्य कोभिड नीति अन्तर्गत धेरै प्रतिबन्धहरू छन् ।
चीनमा कोविडसँग सम्बन्धित प्रतिबन्धको बहसबाट बच्न प्रसारणकर्ताहरूले भीडको तस्विर नदेखाएको विश्वास गरिन्छ। चीनमा धेरै मानिसहरू आफ्नो देशमा धेरै प्रतिबन्धहरूको सामना गरिरहेका कारण स्टेडियममा मास्क नलगाई खेल हेरेका प्रशंसकहरू देखेर छक्क परेका छन्।
कतारमा भीडको तस्बिर चीनको सामान्य जीवनको बिल्कुल विपरीत छ। धेरै टिभि नेटवर्कहरूबाट फिडहरूको तुलनाले देखायो कि चीनमा राज्य प्रसारकहरूले भीडको सट्टा खेलाडीहरू र प्रशिक्षकहरूको क्लोज-अप शटहरू प्रसारण गरिरहेका छन्।
राष्ट्रपति सी जिनपिङको शासनकालमा चीनमा शून्य कोविड नीति कडाइका साथ पालना भइरहेको छ। तर, पछिल्लो समय यो नीतिको देशका धेरै क्षेत्रबाट विरोध भइरहेको छ र राष्ट्रपतिको राजीनामासमेत माग गरिएको छ ।
Facebook Comment