भारत, पाकिस्तान २०२३ विश्वकपका लागि छनोट, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, श्रीलंका समस्यामा

डिसी नेपाल
१३ मंसिर २०७९ ११:१६

काठमाडौं । विश्वकप २०२३ का लागि भारत, पाकिस्तानसहित सात टोली हालको टिम वरियताका आधारमा छनोट भएका छन् । अफगानिस्तान र श्रीलंकाबीचको दोस्रो एकदिवसीय खेल वर्षाका कारण रद्द भएको छ । योसँगै अफगानिस्तान अर्को वर्ष (२०२३ मा) हुने एकदिवसीय विश्वकपका लागि छनोट भएको छ ।

यो बराबरी खेलेपछि अफगानिस्तान हालको एकदिवसीय वरियतामा ११५ अंकसहित सातौं स्थानमा छ । अब अफगानिस्तान विश्वकपका लागि छनोट भइसकेको छ भने त्यसको माथिका सबै ६ टोली अर्को विश्वकप खेल्न पनि छनोट भइसकेका छन् ।

टोली वरियतामा भारत १३४ अंकसहित शीर्ष स्थानमा छ । योसँगै इंग्ल्याण्ड १२५ अंकसहित दोस्रो स्थानमा छ भने न्युजिल्यान्ड (नेट रन रेटमा पछाडि रहेका कारण) समान अंकसहित तेस्रोमा छ । योसँगै नेट रन रेटको भिन्नताका कारण १२० अंकसहित अष्ट्रेलिया चौथो, बंगलादेश पाँचौं र पाकिस्तान छैटौं स्थानमा छन् ।

आठौं स्थानमा वेस्ट इन्डिज (८८ अंक), नवौं स्थानमा आयरल्यान्ड (६८ अंक), दशौं स्थानमा श्रीलंका (६७ अंक) र ११औँ स्थानमा रहेको दक्षिण अफ्रिका (५९ अंक) छन् । आठ टोली आफ्नो टिम वरीयताका आधारमा सन् २०२३ मा हुने एकदिवसीय विश्वकपका लागि सीधै छनोट हुनेछन् ।

यसको मतलब वेस्ट इन्डिज, श्रीलंका र दक्षिण अफ्रिकाबाट एउटा मात्र टोली सीधै अर्को विश्वकपका लागि छनोट हुनेछन् भने अन्य टोलीले क्वालिफायर खेल खेल्नुपर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *