जाडोमा अदुवा चियाको अथाह फाइदा, स्वादका साथै स्वास्थ्यका लागि पनि निकै फाइदाजनक

डिसी नेपाल
१३ मंसिर २०७९ १३:०८

काठमाडौँ। जाडो मौसममा चिया पिउनेको संख्या बढ्ने गर्दछ। जाडो अत्याधिक हुने भएको हुनाले अधिकांश मानिसले चिया पिउने गर्दछन्।

जाडोमा सादा चियाको सट्टा अदुवा चिया पिउनाले शरीरलाई धेरै फाइदा गर्छ। यसले शरीरलाई न्यानो पार्नुका साथै धेरै रोगबाट बचाउन मद्धत गर्दछ । अदुवामा भिटामिन सी, म्याग्नेसियम र अन्य खनिज पदार्थ धेरै मात्रामा पाइन्छ।

जाडो मौसममा धेरै मानिसलाई मोसन सिकनेसको समस्या हुने गर्छ। जसका कारण वान्ता हुने, वाकवाकी लाग्ने र कहिलेकाहीँ चिसोको समस्या हुने गर्छ। यस्तो अवस्थामा अदुवाको चियाले मोसन सिकनेसमा आराम दिन्छ।

अदुवा चिया सेवन गर्नाले तपाईको रक्तसञ्चारमा पनि सुधार हुन्छ, जसले मुटुलाई स्वस्थ राख्छ। नियमित रूपमा अदुवा चिया पिउनाले रक्तचाप नियन्त्रणमा रहन्छ। यसका साथै हृदयघात, रगत जम्ने जस्ता समस्याबाट पनि बच्न सकिन्छ।

अदुवा चियाले जाडोमा तपाईको तौललाई पनि असर गर्छ। वास्तवमा, अदुवा शरीरको फ्याट लेभल र ब्लड सुगरलाई नियन्त्रण गर्न निकै सहयोगी मानिन्छ। यस्तो अवस्थामा यसले तौल घटाउन मद्दत गर्छ।

अदुवाको चिया शरीरमा सुन्निने वा चोटपटक लाग्ने पीडा कम गर्न पनि प्रभावकारी मानिन्छ। अदुवामा पाइने जिंजरोल र शोगेल तत्वले शरीरमा  इंफ्लेमेटरी उत्पादनलाई घटाएर सुन्निने र दुखाइ कम गर्छ।

महिनावारीको समयमा महिलाले अदुवा चिया सेवन गरेमा यसको सकारात्मक प्रभाव देखिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *