३५ दिनभित्र काठमाडौंको सुकुम्बासी समस्या हल गर्छौः मन्त्री चौधरी
काठमाडौं । शहरी विकासमन्त्री मेटमणि चौधरीले आगामी ३५ दिनभित्र काठमाडौंको सुकुम्बासी समस्या हल गरिने बताएका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् ।
थापाथलीको सवालमा भने सुकुम्बासी वस्ती भनिएको ठाउँमा ठूला भवन बनाईएका र स्टल बनाएर भाडा असुल्ने काम भएको भन्दै आपत्ति जनाएका छन् ।
उनले सबै सुकुम्बासीको पहिचान गर्ने र उनीहरुको घर नबन्दासम्म उनीहरुको लागि उचित बसोबासको व्यवस्थापन गर्ने जनाएका छन् ।
उनले काठमाडौं महानगरपालिकाले सुकुम्बासी बस्तीमाथि चालेको कदमको स्वागत समेत गरे ।
फरक प्रसङ्गमा बोल्दै उनले सत्ता गठबन्धनकै सरकार बन्ने र उक्त सरकारको नेतृत्व शेरबहादुर देउवा गर्ने दाबी गरे ।
प्रतिक्रिया
Facebook Comment