संघ र प्रदेशमा गठबन्धनको सरकार बन्छः मन्त्री पौडेल

डिसी नेपाल
१५ मंसिर २०७९ १९:०६

बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जनतासँग बाचा गरेका कामहरु आगामी पाँच वर्षमा सम्पन्न गर्ने बताएका छन् ।

बिहीबार ढोरपाटन नगरपालिकाका मतदातालाई धन्यावाद दिँदै उनले ५ वर्षमा जनतासँग बाचा गरेका काम सम्पन्न गर्ने बताए ।

यसअघि गर्न नसकेका काम पनि रहेको बताउँदै उनले पहिलेका बाँकी काम र अहिले जनतामाझ गरेका प्रतिबद्धता आगामी पाँच वर्षमा क्रमश पूरा गर्न पनि अहिलेकै गठबन्धन नेतृत्वमा सरकार आवश्यक रहेको बताए ।

संघ र प्रदेशको सरकार गठबन्धनका बन्ने बताउँदै बागलुङको विकाशका लागि गठबन्धनका नेतासँग समन्वय गरी काम गर्ने उनको भनाइ छ ।

’प्रदेश र संघमा गठबन्धनको सरकार बनाउँछौं,’ उनले भने, ’गठबन्धनको सरकार हुँदा जनताका काम गर्न र समन्वय गर्न सजिलो हुन्छ ।’ चुनावपछि जनताको साझा प्रतिनिधि भएको बताउँदै पूर्वाधार विकाशमा समान वितरण हुने आश्वासन दिए ।

ढोरपाटन साल्झण्डी सडक, केन्द्रीय प्रशारण लाइन, पक्की पुल, ढोरपाटनको आलूलाई प्रर्बद्धनलगायतका काम जनताको चाहानाअनुसार हुने उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *