बिहान तुलसीको बोटमा जल चढाउनाले पाइन्छ सुख समृद्धि

डिसी नेपाल
१६ मंसिर २०७९ ८:३४

काठमाडौं। दिनको संकेत बिहानले देखाउँछ । त्यसैले बिहान राम्रो काम गर्यो भने त्यो दिन राम्रो हुने बताइन्छ । दिनभरको काम शुभ बनाउन बिहान केही काम अनिवार्य गर्न जुरुरी रहेको शास्त्रमा उल्लेख छ । विहान त्यस्ता कामले गर्दा तपाईको दिन शुभ रहने र आर्थिक अवस्थामा सुधार आउने विश्वास गरिदै आएको छ।

तुलसीमा जल चढाउनु दिनहुँ बिहान नुहाई धुवाई गरेपछि तुलसीको बोटमा जल चढाउनाले देवी देवताको कृपा प्राप्त गर्न सकिन्छ भन्ने विश्वास छ । जुन घरमा तुलसी हुन्छ त्यसको रेख देख हुन्छ दिनहु पानी चढाईन्छ त्यहाँ सुख समृद्धि प्राप्त हुन्छ । तुलसीलाई भगवान विष्णुको प्रतिक मानिन्छ ।

शास्त्रका अनुसार जो मानिस दिनहुँ सूर्यलाई जल अर्पित गर्छ उसको मान सम्मान घर परिवार वा समाजमा सधैं हुन्छ भनिएको छ । राम्रो स्वास्थको लागि पनि यो कार्य गर्नु अनिवार्य मानिन्छ । अनुहारको चमकता बढ्छ। स्वास्थ्य सम्बन्धी धेरै कुरा प्राप्त गर्न सकिन्छ।

गाईलाई रोटी खुवाउने सक्नु हुन्छ भने बिहान खाना बनाउने समयमा पहिलो रोटी गाईलाई ख्वाउनुहोस् । हर दिन गाईलाई रोटी ख्वाउन सकियो भने कयौं समस्याहरू हट्दै जाने विश्वास छ । घरमा अन्न र धनको कमी हुन पाउँदैन भनिन्छ ।

योग एवं ध्यान गर्ने लामो समयसम्म स्वस्थ रहन र शरीरलाई फूर्तिलो बनाइ राख्नको लागि सर्वश्रेष्ठ उपाय भनेको योग हो। योगले शरीरलाई धेरै किसिमका विमारीहरुबाट बचाउँछ। मानसिक स्थितिमा सकारात्मक प्रभाव पार्छ । ध्यानले क्रोधलाई नियन्त्रण गर्छ । मानसिक तनाब बाट मुक्ती दिलाउँछ । शरीरलाई रोग सँग लड्ने क्षमतामा वृद्धि गर्छ ।

घरको मन्दिरमा पूजा गर्ने हरेक दिन बिहान घरमा आफूले स्थापना गरेको मन्दिरमा दियो बाल्नु अगरबत्ति जलाउनु उत्तम कार्य मानिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *